१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन

श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाको राष्ट्रपतीय उम्मेदवारी र चर्चा

श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाको राष्ट्रपतीय उम्मेदवारी र चर्चा
अ अ+ अ-

एजेन्सी । दुई वर्षअघि दुई करोड २० लाख जनसङ्ख्या भएको श्रीलङ्कामा खाद्यान्न, इन्धन र औषधिको अभाव भएपछि चलेको आन्दोलनपछि हुन लागेको पहिलो आम निर्वाचनमा अनुरा कुमारा दिसानायका र उहाँको जेभीपी भनिने पिपुल्स लिबरेशन फ्रन्टको लोकप्रियता बढेको छ ।

सेप्टेम्बर २१ मा हुने निर्वाचनमा राष्ट्रपतिपदका प्रत्यासी दिसानायकाले सङ्कटग्रस्त मुलुकको सामाजिक, राजनीतिक तथा आर्थिक क्रान्तिका लागि आफूलाई निर्वाचित गर्न शुभेच्छुक मतदातासँग आग्रह गर्नुभएको छ ।

श्रीलङ्काको माक्र्सवादी पार्टीले दुई चरणमा गरेका विद्रोहमा ८० हजारभन्दा बढी मानिसको ज्यान गएको थियो । विद्रोहबाट सत्ता कब्जा गर्न नसकेपछि शान्तिपूर्ण राजनीतिमा समाहित भएको जेभिपीका नेता तथा राष्ट्रपतिपदका प्रत्यासी दिसानायका एक मजदुर परिवारबाट राजनीतिमा आउनुभएको हो ।

लामो समयदेखि स्थापित राजनीतिज्ञहरूबाट निराश पेशेवरहरूसँग गठबन्धन बनाएपछि राष्ट्रपतीय चुनावमा एक प्रबल दाबेदारका रूपमा ५५ वर्षीय दिसानायकाले सामाजिक रूपान्तरणका लागि युवाहरूको समृद्ध र भ्रष्टारामुक्त श्रीलङ्काको आवाजलाई साथ दिने बताउनुभएको छ ।

सन् २०२२ मा यस टापुको आर्थिक मन्दीका लागि भ्रष्टाचार, नातावाद र अक्षमताका लागि समाजवादी र दक्षिणपन्थी दुवै पुँजीवादी सरकारहरू जिम्मेवार रहेको उहाँको दाबी छ ।

बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको श्रीलङ्काले बेलायती औपनिवेशिक शासनबाट सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेयताको यो सबैभन्दा खराब आर्थिक मन्दी हो ।

व्यापक आर्थिक मन्दीको असर सर्वसाधारण नागरिकसमेतको दैनिकीमा पर्न थालेपछि सुधारको मागसहित प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले तत्कालीन राष्ट्रपति गोटबाया राजपाक्षको सरकारी कार्यालयमा आक्रमण गरेपछि उहाँले देश छोड्न र राजीनामा दिन बाध्य हुनुभएको थियो ।

“श्रीलङ्काको स्वतन्त्रतापछिको इतिहासमा पहिलो पटक, शासन केही भ्रष्ट कुलीन परिवारहरूको नियन्त्रणबाट जनताको सरकारमा सर्नेछ,” उहाँले निराश जनमानसलाई आशाको सङ्केत दिँदै आफ्नो राष्ट्रपतीय घोषणापत्रमा उल्लेख गर्नुभएको छ ।

पूर्व कृषिमन्त्री दिसानायकाले प्रदर्शनकारीको पक्ष लिए पनि आफ्नो पार्टीका पूर्व सहयोगी राजपाक्षलाई सत्ताच्युत गर्न प्रत्यक्षरूपमा संलग्न भने हुनुभएको थिएन ।

सन् २०१४ मा जेभीपीको नेतृत्व सम्हाल्ने बित्तिकै दिसानायकाले फेरि हतियार नउठाउने र चुनावमार्फत सत्तामा आउने प्रतिबद्धता जनाउनुभएको थियो ।

उहाँले जेभीपीलाई हिंसात्मक अतीतबाट टाढा राख्न र व्यापक समर्थन प्राप्त गर्न राष्ट्रिय जनशक्ति (एनपीपी) गठबन्धन गठन गर्नुभएको छ ।

“हामी श्रीलङ्काका जनतालाई विश्वास दिलाउँछौं कि हामी फेरि कहिल्यै हतियार उठाउने छैनौं,” उहाँले सन् २०१५ मा जेभीपीको वेबसाइटमा प्रकाशित एक वक्तव्यमा उल्लेख गर्नुभएको छ ।

उहाँले जेभीपीको वैचारिक परिवर्तनको सङ्केत गर्दै आफूहरू खुला अर्थतन्त्रमा विश्वास गर्ने र निजीकरणको पूर्ण रूपमा विरोधी नभएको बताउनुभएको छ ।

यद्यपि, उनको घोषणापत्रले घाटामा रहेका राज्य उद्यमहरूलाई बिक्री नगरी सुधार गर्ने प्रतिज्ञा गरेको छ।

उहाँले निर्वाचन अभियानका क्रममा सम्बोधन गर्दै भन्नुभयो, “हाम्रो बदनाम गर्ने अभियान चलिरहेको छ । विरोधीहरूले हामीविरूद्ध घरपालुवा जनावरसमेतलाई राष्ट्रियकरण गर्छन् भनी प्रचार गरेका छन् । हाम्रो अभियान आधुनिक अर्थतन्त्रको सुधार, भ्रष्टाचारमुक्त समाज र समृद्ध तथा सुखी नागरिकका लागि हो ।”

उहाँले भन्नुभयो, “हामी निश्चित रूपमा किसानको समस्यामा सहयोग गर्ने कृषि क्षेत्रको सुधारका लागि सहकारी स्थापना गरी कृषि सामानको लागि बजारको व्यवस्था गर्नु हो ।”

उहाँले आफूहरूबारे फैलाइएका भ्रम चिर्दै भन्नुभयो, “हामीले गरिब र दुखी जनताको पक्षमा काम गर्नेछौँ तर नागरिकको सम्पत्तिको राष्ट्रियकरण गर्ने बजारका हल्ला हाम्रो पक्षमा देखिएको जनमतबाट आत्तिएका र सत्ताको गुलियो चाखेका केही मुठ्ठीभर शासकहरूले उनीहरूका एजेन्टमार्फत् चलाएको अफबाह मात्र हो । हामी किसान र मजदूरका दु:खमा साथ दिने सत्ताको स्थापनार्थ लडिरहेका छौँ । अब, यो धेरै टाढा छैन ।”

सन् १९८७ को भारतविरोधी अभियानपछि दिसानायका र उहाँको पार्टीले नयाँदिल्लीसँग सम्बन्ध सुधारेका छन्, तर उहाँलाई अझै पनि चीनसँग निकट रहेको बताउने गरिन्छ ।

रणनीतिक रूपमा पूर्व–पश्चिम समुद्री मार्गमा अवस्थित श्रीलङ्कामा चीन र भारतको मुख्य प्रभाव रहने गरेको र राष्ट्रिय नेताहरूलाई उनीहरूले आफ्नो निकट ल्याउने कोशिस गर्ने गरेको पाइएको छ।

दिसानायकाले यस वर्ष नयाँ दिल्लीको भ्रमण गरी शीर्ष भारतीय राजनीतिज्ञहरूसँग भेटवार्ता गर्नुभएको थियो ।

पार्टीको पहिलो विद्रोह सन् १९७१ मा विश्वकै पहिलो महिला प्रधानमन्त्री सिरिमा बन्दरनाइकेको तत्कालीन समाजवादी सरकारविरुद्ध भएको थियो ।

यो लडाईं छोटो थियो तर यसका कारण करिब २० मानिसको मृत्यु भएको थियो।

जेभिपीको दोस्रो सशस्त्र सङ्घर्ष सन् १९८७ मा छिमेकी भारतको मध्यस्थतामा भएको सम्झौताअन्तर्गत टापुका अल्पसङ्ख्यक तमिलहरूलाई राजनीतिक शक्ति हस्तान्तरण गर्ने तत्कालीन सरकारको योजनाको विरोधमा भएको थियो ।

बहुसङ्ख्यक सिंहली समुदायका सदस्य दिसानायका दोस्रो विद्रोहका बेला जेभीपीका सक्रिय विद्यार्थी नेता हुनुहुन्थ्यो र उहाँलाई भारतविरोधी हिंसात्मक अभियानसँग पनि जोडेको थियो।

ठूलो सङ्ख्यामा मानिसहरू बेपत्ता भए र अनौपचारिक अनुमानअनुसार दोस्रो जेभीपी सशस्त्र सङ्घर्षका क्रममा करिब ६० हजार व्यक्तिको मृत्यु भएको र हजारौँ वेपत्ता भएका थिए ।

दुई सन्तानका विवाहित पिता दिसानायका सन् १९९५ मा विश्वविद्यालयबाट स्नातक गरेदेखि नै राष्ट्रिय राजनीतिमा सक्रिय हुनुहुन्छ ।