१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन

सहकारीका दोषीलाई सजाय दिलाउन सिफारिस गरिएको छ: सूर्य थापा

सहकारीका दोषीलाई सजाय दिलाउन सिफारिस गरिएको छ: सूर्य थापा
file photo
अ अ+ अ-

काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले पार्टीभन्दा माथि उठेर सहकारी छानबिन गरी प्रतिवेदन बुझाउन लागिएको बताउनुभएको छ ।

सोमवार समितिको ६६ औं बैठक सम्पन्न गरी सञ्चारकर्मीहरुसँग कुरागर्दै सभापति थापाले दलभन्दा माथि उठेर छानबिनमा दोषी पाइएकाहरुलाई कारबाहीको सिफारिस गरिएको बताउनु भएको हो ।

उहाँले समितिमा सबै राजनीतिक दलहरुबाट प्रतिनिधित्व भएको तर पनि सहकारीका वर्तमान समस्यालाई पहिलो प्राथमिकता राखेर प्रतिवेदन सर्वसहमतिले पास गरेको दाबी गर्नुभयो । उहाँले समितिले साढे तीन महिना अध्ययन र छलफलपछि तयार पारेको प्रतिवेदनमा सबैले हस्ताक्षर गरेर प्रतिनिधि सभामा पेश गर्न लागेको बताउनु भयो । उहाँले ६६ वटा बैठक र गहन अध्ययन गरेर तथ्य केलाएर प्रतिवेदन तयार पारिएको पनि उल्लेख गर्नुभयो । उहाँले समितिको प्रतिवेदनले दोषीलाई अपराधको भागी बनाउन सिफारिस गरिएको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सहकारी ठगीबारे छानबिन गर्न गठित सहकारी सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन पारित गरेका छौं । आज नै प्रतिनिधि सभामा प्रश्तुत गर्ने कार्यसूचि छ । सहकारीको रकम दुरुपयोग,अपचलन ठगीका सम्बन्धमा लामो समय लगाएर प्रतिवेदन तयार बनाएका छौँ । यसले सिङ्गो सहकारी क्षेत्रलाई आजको संकटबाट पुन:उत्थान गर्ने र अपचलन गरेकाहरुलाई जवाफदेही बनाउने, संवैधानिक व्यवस्था,जनताको हित, समाजवाद निर्माण गर्ने संकल्प र तीन खम्बे अर्थनीतिको पिल्लरका रुपमा र वर्तमान सहकारीमा देखिएका समस्या हल गर्नका निम्ति मार्गदर्शन गर्ने छ । सात सदस्य समितिमा विभिन्न पार्टीका प्रतिनिधि थियौं । तर सहकारी समस्यालाई समितिले कुनै पार्टी भन्दा माथि उठेर विकराल राष्ट्रिय समस्याका रुपमा लिएका छौं । त्यसरुपमा गम्भिरतापूर्णक आत्मसाथ गरेका छौं । समितिले दिएको प्रतिवेदन दोषीलाई कारबाहीको भागिदार बनाउन सिफारिस गरेका छौं ।’

समितिको प्रतिवेदनमा सबै सदस्यहरुले हस्ताक्षर गरेका छन् । केही समय भाषाका विषयमा कुरा नमिल्दा प्रतिवेदनमा हस्ताक्षर हुन सकेको थिएन । तर सबैको सहमति अनुसार हस्ताक्षर गरेका हुन् ।