२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपांगता भएकाहरुलाई राज्यले सहयोगीको व्यवस्था गर्नुपर्छ: स्वास्थ्यमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अपांंगता भएका व्यक्तिलाई राज्यले सहयोगी उपलब्ध गराउन आवश्यक रहेको बताउनुभएको छ ।

सोमवार कोरियाली सरकारको सहयोगमा अपांगता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध गराउने कार्यक्रममा बोदै उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री पौडेलले अपांगता भएका व्यक्तिलाई सहयोगी चाहिन्छ भन्ने कुरा राज्यलाई स्वीकार गराउन आफूहरुले पहल गरिरहेको पनि बताउनु भयो । घर परिवारले मात्रै उहाँहरुलाई सहयोगीको रुपमा सधैँ काम गर्न सकिने अवस्था नरहेकाले पनि राज्यले स्रोत सुनिश्चित गरेर उनीहरुका लागि सहयोगी उपलब्ध गराउनुपर्ने उहाँको भनाई थियो । मन्त्री पौडेलले अपांगतामैंत्री भौतिक पूर्वाधारका निर्माणका लागि नीतिगत व्यवस्था अनिवार्य लागू गराउन जरुरी रहेको पनि बताउनु भयो । उहाँले अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य विमाले मात्रै नपुग्ने भएकाले त्यसमा पनि सरकारले पुनर्विचार गरेर अघि बढ्ने आश्वासन समेत दिनुभयो ।

मन्त्री पौडेलले भन्नुभयो, ‘यहाँहरुलाई सहयोगीको आवश्यक्ता पर्दछ । अहिले घरपरिवारको कोही रगतको नाता भएका, भावनाको नाता भएका मानिसहरुले तपाईहरुलाई सहयोग गरिरहनु भएको छ । उहाँहरुले पनि कति सक्नुहुन्छ रु उहाँहरुका पनि आफ्नै खालको समस्याहरु छन् । फेरि साधन, स्रोतविना उहाँहरुले तपाईहरुलाई सहयोग गरिरहन पनि सजिलो भइरहेको छैन । त्यसैले यहाँहरुले जुन सहयोगीको खोजी गरिरहनुभएको छ । यहाँहरुलाई त्यो चाहिने अवस्था छ ।

हामीले त्यसलाई पूरा गर्नका निम्ति साधन, स्रोत सुनिश्चित गर्न केही समय लाग्छ । तर नीतिगत रुपमा यो आवश्यकता हो भनेर राज्यले स्वीकार गर्न सक्ने अवस्था निर्माण गर्नसक्छौं । हामी त्यसको निम्ति कोशिस गरिरहेका छौं । अव राज्यले यहाँहरुसँगको सम्बन्ध यहाँहरुको जीविकोपार्जन, यहाँहरुले गर्ने गतिविधिमा सहजीकरण राज्यका संरचनाहरु, पूर्वाधारहरु अपांगतामैत्री हुनुपर्छ भन्ने कुराहरु धेरै अगाडिदेखि राखिरहनुभएको छ । बनिसकेको पूर्वाधारलाई त्यसअनुसार विकसित गर्न पनि स्रोत सुनिश्चित हुनुपर्ने, नयाँ बन्ने संरचनामा केही स्रोत थप गरेर अपांगतामैत्री बनाउने कुरालाई नीतिगत रुपमा अनिवार्य गर्न जरुरी छ । त्यसको निम्ति पनि हामीले केही कोशिस गरिरहेका छौं ।’

मन्त्री पौडेलले सरकारले अपांगता भएका व्यक्तिहरुका लागि आवश्यक सहायता उपलब्ध गराउने कार्यका लागि स्रोतको खोजी गरिरहेको पनि बताउनु भयो ।