१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज माओवादीले सदन अवरोध नगर्ने, प्रधानमन्त्रीलाई बोल्न दिने



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले सोमबार प्रतिनिधिसभाको बैठक अवरोध नगर्ने भएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीको सम्बोधनमा अवरोध नगर्ने जनाएका हुन् ।

माओवादीले एमालेका सांसद योगेश भट्टराईले जनयुद्धलाई होच्याउने, अपमान गर्ने गरी हिंसा शब्द प्रयोग गरेको भन्दै संसद अवरोध गर्दै आएको थियो ।

प्रधानमन्त्री बाहिर भ्रमणमा जाने बिषयमा सदनलाई जानकारी गराउने कुरामा बाधा नगर्ने तर ‘हिंसा’ शब्द रेकर्डबाट हटाउनुपर्छ भन्ने कुरामा आफ्नो पक्ष रहेको सचेतक पाण्डेले बताए । ‘हामी हिंसा शब्द हटाउनुपर्छ भन्ने पक्षमा छौं । तर, प्रधानमन्त्री बाहिर भ्रमणमा जाने बिषयमा सदनलाई जानकारी गराउने कुरामा बाधा गर्दैनौं । हामी सभामुखको विरोधमा छैनौं । आफ्नो कुरा राखेर अवरोध हटाउँछौं’, उनले भने ।