३१ श्रावण २०८३, आईतवार
,
Latest
देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज माओवादीले सदन अवरोध नगर्ने, प्रधानमन्त्रीलाई बोल्न दिने



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले सोमबार प्रतिनिधिसभाको बैठक अवरोध नगर्ने भएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीको सम्बोधनमा अवरोध नगर्ने जनाएका हुन् ।

माओवादीले एमालेका सांसद योगेश भट्टराईले जनयुद्धलाई होच्याउने, अपमान गर्ने गरी हिंसा शब्द प्रयोग गरेको भन्दै संसद अवरोध गर्दै आएको थियो ।

प्रधानमन्त्री बाहिर भ्रमणमा जाने बिषयमा सदनलाई जानकारी गराउने कुरामा बाधा नगर्ने तर ‘हिंसा’ शब्द रेकर्डबाट हटाउनुपर्छ भन्ने कुरामा आफ्नो पक्ष रहेको सचेतक पाण्डेले बताए । ‘हामी हिंसा शब्द हटाउनुपर्छ भन्ने पक्षमा छौं । तर, प्रधानमन्त्री बाहिर भ्रमणमा जाने बिषयमा सदनलाई जानकारी गराउने कुरामा बाधा गर्दैनौं । हामी सभामुखको विरोधमा छैनौं । आफ्नो कुरा राखेर अवरोध हटाउँछौं’, उनले भने ।