१ असार २०८३, सोमबार
,
Latest
बिर्तामोड रोजगार मेलामार्फत १६४ युवाले पाए रोजगारी सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्दछः उर्मिला अर्याल सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः सांसद रोकाय आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेस प्रदेशले ल्यायो ४१ अर्ब ‍‍१३ करोडको बजेट शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएर सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः सांसद थेवे गर्मीबढेसँगै महोत्तरीमा सर्प दंशका बिरामी बढे सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरी



अ+ अ-

काठमाडौँ । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ । उच्च ज्वरो आएपछि उनलाई अगस्ट १९ मा दिल्लीको एम्समा भर्ना गरिएको थियो । उनको २५ दिनदेखि उपचार भइरहेको थियो ।

सीपीआई (एम)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कमरेड सीताराम यचुरीलाई श्वासप्रश्वासको गम्भीर संक्रमण भएको थियो । चिकित्सकको टोलीले उनको उपचार गरिरहेको थियो ।’

समाचार एजेन्सी पीटीआईका अनुसार उनलाई उच्च ज्वरो आएपछि अगस्ट १९ मा एम्समा भर्ना गरिएको थियो, त्यसपछि उनलाई आईसीयूमा भर्ना गरिएको थियो । येचुरीले हालै मोतियाविन्दुको शल्यक्रिया पनि गराएका थिए । येचुरी तीन पटक सीपीआई(एम)को महासचिव भइसकेका छन् ।

येचुरीले कक्षा १० सम्म अल सेन्ट्स हाई स्कूलमा पढेका थिए । सन् १९६९ को तेलंगाना आन्दोलनमा उनी दिल्ली पुगेका थिए । येचुरीले दिल्लीको प्रेसिडेन्ट एस्टेट स्कूलमा भर्ना भए र सीबीएसई उच्च माध्यमिक परीक्षामा अखिल भारतीय श्रेणी–१ प्राप्त गरे । उनले दिल्लीको सेन्ट स्टीफन्स कलेजबाट प्रथम श्रेणीमा अर्थशास्त्रमा बीए (अनर्स) गरे । त्यसपछि उनले जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरे । उनले जेएनयूमा पीएचडीका लागि भर्ना गरेका थिए । तर, सन् १९७५ मा आपतकालका बेला गिरफ्तारीका कारण पूरा हुन सकेन ।

येचुरीकी पत्नी सीमा चिश्ती पेशाले पत्रकार हुन् । येचुरीले एक अन्तर्वार्तामा आफ्नी श्रीमतीले आर्थिक सहयोग गर्ने बताएका थिए । उनको पहिलो विवाह वीणा मजुमदारकी छोरी इन्द्राणी मजुमदारसँग भएको थियो । यस विवाहबाट उनको एक छोरी र एक छोरा छन् । येचुरीका छोरा आशिषको ३४ वर्षको उमेरमा २२ अप्रिल २०२१ मा कोभिड–१९ को कारण मृत्यु भएको थियो ।