३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कल सेन्टरमा सिआइबीको छापा, विदेशीसहित ५० जना पक्राउ



अ+ अ-

काठमाडौँ । ललितपुरको एकान्तकुनामा रहेको एक कल सेन्टरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले छापा हानेको छ ।

केही विदेशीले घर भाडामा लिएर क्रिप्टो कारोबार र ठगी धन्दा गरिरहेको सूचनाको आधारमा सिआइबीले गएराति छापा मारेको हो ।

सिआइबीका अनुसार कार्यालयमा रहेका कागजातसहित ५० जना कर्मचारीलाई नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएकामध्ये अधिकांश फिलिपिन्स र चिनियाँ नागरिक छन् ।

कल सेन्टरको मुख्य सञ्चालक तीन जना रहेको पनि ब्युरोको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।