• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

केजीएफ स्टार यशले डिसेम्बरबाट ‘रामायण’को सुटिङ थाल्ने



एजेन्सी । केजीएफ स्टार यश नितेश तिवारीको आगामी फिल्म ‘रामायण’ मा रावणको भूमिकामा देखिनेछन् ।

मिडिया रिपोर्टका अनुसार उनले डिसेम्बर २०२४ देखि फिल्मको सुटिङ सुरु गर्नेछन् । यशले फिल्मका लागि धेरै लुक टेस्ट पनि गरेका छन् ।

आगामी फिल्म ‘टक्सिक’ को छायांकनको केही भाग सकिएपछि यश अहिले फिल्म ‘रामायण’ को छायांकन सुरु गर्ने तयारीमा जुटेका छन् । यशले सन् २०२५ को पहिलो तीन महिना फिल्मको छायांकनमा भाग लिनेछन् ।

रणवीर कपुर र सनी देओलले जस्तै उनले पनि नीतीश तिवारीलाई आफ्नो बल्क डेट दिएका छन् ताकि सुटिङमा कुनै बाधा नआओस् ।

नितेश तिवारीले सन् २०२५ को मध्यमा रणवीर कपूर र सनी देओलसँग यशको दृश्यहरू फिल्म गर्नेछन् । सन् २०२५ को मार्चमा सनी देओलले आफ्नो पात्र हनुमानको सुटिङ सुरु गर्नेछन् ।