२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

कोरोना कहरमा पनि रेमिट्यान्स साढे १२ प्रतिशतले बढ्यो

कोरोना कहरमा पनि रेमिट्यान्स साढे १२ प्रतिशतले बढ्यो
अ अ+ अ-

काठमाडौँ । कोभिड–१९ को कारण ठूलो परिमाणले रेमिट्यान्स घट्ने प्रक्षेपण गरिएको भए पनि चालु आर्थिक वर्षको तीन महिनासम्म त्यसको असर देखिएको छैन । बुधबार सार्वजनिक राष्ट्र बैंकको मासिक प्रतिवेदनले गत असोजसम्म रेमिट्यान्स साढे १२ प्रतिशतले बढेको देखाएको छ । गत साउनमा रेमिट्यान्स २३ प्रतिशत र भदौमा ८ प्रतिशतले बढेको थियो । प्रतिवेदनका अनुसार रोजगारीका लागि विदेशिएका नेपालीले गत असोजसम्म २ खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ पठाएका छन् । गत आर्थिक वर्षको तीन महिनामा रेमिट्यान्स ५।१ प्रतिशतले घटेर २ खर्ब २९ अर्ब ८६ करोड रुपैयाँ मुलुक भित्रिएको थियो ।

‘सो अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स ६.७ प्रतिशतले बढेर २ अर्ब १८ करोड पुगेको छ,’ राष्ट्र बैंकको मासिक प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्ष यस्तो आप्रवाह ४.७ प्रतिशतले घटेको थियो ।’ गत साउनमा ९३ अर्ब, भदौमा ७३ अर्ब र असोजमा ९३ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । साउनको तुलनामा भदौमा रेमिट्यान्स केही घटे पनि असोजमा बढेको छ । यसले पनि रेमिट्यान्समा कोभिड–१९ को असर नपरेको पुष्टि हुन्छ ।

नेपालमा लकडाउन सुरु भएको महिना गत चैतमा ३४ अर्ब रुपैयाँ रेमिट्यान्स आयो । यसलाई कोभिड–१९ को असरसँग जोडेर हेरियो । किनकि गत फागुनमा करिब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो । तर, त्यसपछिका महिनामा रेमिट्यान्स बढ्न थाल्यो । जसअनुसार वैशाखमा ५३ अर्ब, जेठमा ९४ अर्ब र असारमा १ खर्ब १ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो । तेल उत्पादन गर्ने राष्ट्र र खाडी मुलुकको अर्थतन्त्रमा अपेक्षित रूपले गिरावट नआएको, तुलनात्मक रूपमा ती राष्ट्रका उत्पादनमूलक क्षेत्रमा कोभिडको असर कम देखिएकाले नेपाल भित्रिने रेमिट्यान्स न्यून प्रभावित भएको राष्ट्र बैंकले बताउँदै आएको छ । ‘दसैं र तिहारको कारणले पनि गत असोजमा रेमिट्यान्स बढेको देखिन्छ,’ राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने, ‘लकडाउनका कारण विदेशबाट जिन्सी आउन कम भएको छ । यसको सकारात्मक प्रभाव रेमिट्यान्समा देखियो ।’

तरकारीको मूल्य २३ प्रतिशतले बढ्यो

वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर गत असोजमा ३.७९ प्रतिशत छ । गत आवको असोजको तुलनामा चालु आवको सोही अवधिको मूल्य वृद्धिदर २.४२ प्रतिशत विन्दुले कम हो । गत आवको असोजमा यस्तो मूल्य वृद्धिदर ६.२१ प्रतिशत थियो । गत असोजमा मूल्यवृद्धिदर कम देखिए पनि खाद्य तथा पेय समूह, तरकारी, दाललगायतको मूल्य वृद्धिदर उच्च रहेको प्रतिवेदनले देखाएको छ । ‘गत असोजमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ५.५० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको २.४६ प्रतिशत छ,’ प्रतिवेदनमा उल्लेख छ । ०७६ असोजको तुलनामा गत असोजमा तरकारी उपसमूहको मूल्यवृद्धि २३.१० प्रतिशत र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि १३.८६ प्रतिशत छ । तरकारी तथा दालजन्य वस्तुको मूल्य बढे पनि अन्य धेरै वस्तुको मूल्य घटेकाले समग्र मूल्य वृद्धिदर कम देखिएको बताइएको छ ।

चालु आय र व्ययको हिसाब देखाउने चालु खाता गत असोजमा करिब ३४ अर्ब ३६ करोड रुपैयाँले बचतमा छ । ०७३ मंसिरयता गत साउनदेखि यो खाता बचतमा रहेको हो । गत वर्षको असोजमा २२ अर्ब ४७ करोडले घाटामा थियो । ०७३ मंसिरयता गत असारसम्म यो खाता निरन्तर घाटामा थियो ।

१ खर्बले शोधनान्तर बचतमा

चालु आर्थिक वर्षको तीन महिनामा अर्थतन्त्र (शोधानान्तर १ खर्ब १ अर्ब ९ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १४ अर्ब ३४ करोडले बचतमा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो आर्थिक वर्षको असोजमा १२ करोड ७८ लाखले बचतमा रहेकोमा चालु आवको सोही अवधिमा ८५ करोड १० लाखले बचतमा रहेको प्रतिवेदनले देखाएको छ । सरकारले लकडाउन सुरु गरेदेखि शोधनान्तर बढ्न थालेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा आयात घटेको, रेमिट्यान्स आप्रवाह बढेको, सरकारको बाह्य ऋण बढेको लगायत कारण शोधनान्तरमा राम्रो सुधार देखिएको राष्ट्र बैंकले जनाएको छ ।

थुप्रियो विदेशी मुद्रा

गत असोजसम्म मुलुकको कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो ४.९ प्रतिशतको वृद्धि हो । गत असारमा यो १४ खर्ब १ अर्ब रुपैयाँ थियो । तीन महिनामा अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति बढेको छ । २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा गत असोजमा १२ अर्ब ५५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गत असोजसम्मको विदेशी विनिमय सञ्चितिले मुलुकका लागि १४.१ महिनालाई पुग्ने वस्तु तथा सेवा आयात गर्न पर्याप्त हुने राष्ट्र बैंकले दाबी गरेको छ । कान्तिपुर दैनिक