१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहावासीका समस्याबारे संसद्मा आवाज उठाउँछुः अध्यक्ष दाहाल



अ+ अ-

सिरहा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले सिरहावासीका समस्याबारे संसद्मा आवाज उठाउने बताउनुभएको छ । आज गोलबजारका स्थानीयसँग कुराकानी गर्दै उहाँले खानेपानी, कृषि उपजको उचित बजार व्यवस्थापन र पूर्वाधार विकासको विषयमा संसद्मा कुरा उठाउने बताउनुभएको हो ।

सिरहाको उत्तरी क्षेत्रका जनताले खानेपानीको समस्याबाट अझै पार पाउन नसकेको भन्दै अध्यक्ष दाहालले आफू यहाँको जनप्रतिनिधि भएका बेलाका आयोजना अझै अधुरो भएकोमा चिन्ता व्यक्त गर्नुभयो । अध्यक्ष दाहाल २०७० सालको संविधानसभाको निर्वाचनमा सिरहा क्षेत्र नम्वर ५ बाट निर्वाचित हुनुभएको थियो ।

“जनप्रतिनिधि हुँदा गोलबजारमा मात्र नौ वटा खानेपानीका आयोजना स्वीकृत भएको थियो । काम सम्पन्न भयो, समस्या सामाधान हुन्छ भन्ने जस्तो पनि भयो”, अध्यक्ष दाहालले भन्नुभयो, “म यसलाई तत्काल पूरा गराउन संसद्मा कुरा उठाउँछु ।”

अध्यक्ष दाहालले यहाँका किसानले उत्पादन गरेको आँपले बजारको समस्या झेलिरहेको प्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै आँप र तरकारीको बजार व्यवस्थापन र चिस्यान केन्द्र निर्माणका लागि आफूले पहल गर्ने बताउनुभयो ।

पार्टीको कोशी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक उदयपुरको बेलकामा सम्मन्न गरी फर्कने क्रममा अध्यक्ष दहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता हरिबोल गजुरेललगायतका नेताले गोलबजारमा आज कार्यकर्ता तथा स्थानीयसँग अन्तक्रिया गर्नुभएको थियो ।