२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोनप्रयागमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो, तीन घाइते



अ+ अ-

रुद्रप्रयाग । सोनप्रयागमा सोमबार राति गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । सो घटनामा तीन जना घाइते अवस्थामा फेला परेका छन् ।

अविरल वर्षाका कारण सो क्षेत्रमा पहिरो गएको र हाल राहत र उद्धार जारी रहेको जनाइएको छ ।

रुद्रप्रयागका अतिरिक्त जिल्ला मजिस्ट्रेट श्यामसिंह रानाले भन्नुभयो, “गए राति सोनप्रयाग नजिक राष्ट्रिय राजमार्गमा पहिरो खसेको थियो । पहिरोमा परी पाँच जना यात्रुको मृत्यु भएको छ भने तीन जनालाई राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएवफ)ले उद्धार गरेको छ ।” उहाँले यात्रुहरुलाई मौसमको अवस्थालाई ध्यान दिन आग्रह गर्नुभयो ।

उत्तराखण्ड प्रहरीका अनुसार केही यात्रुहरू पहिरोमा यात्रुहरु पहिरोमा पुरिएको जानकारी प्राप्त भएपछि प्रहरी, प्रशासन, राज्य विपद् प्रतिक्रिया बल र राष्ट्रिय प्रकोप प्रतिक्रिया बलहरूले संयुक्त अभियान सञ्चालन गरेका थिए ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक सञ्जालमार्फत उक्त दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । “सोनप्रयाग–मुंकटिया (रुद्रप्रयाग) बीचको भग्नावशेषमा केही यात्रु पुरिएको अत्यन्तै दुःखद् खबर प्राप्त भएको छ । स्थानीय प्रशासन, एनडीआरएफ र एसडीआरएफ टोली राहत र उद्धारमा संलग्न छन् । म सम्बन्धित अधिकारीसँग सम्पर्कमा रही उद्धारको अनुगमन गरिरहेको छु । यात्रुहरूको सुरक्षाका लागि म बाबा केदारसँग प्रार्थना गर्दछु”, मुख्यमन्त्री धामीको पोस्टमा उल्लेख गर्नुभयो ।