२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोनप्रयागमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो, तीन घाइते



अ+ अ-

रुद्रप्रयाग । सोनप्रयागमा सोमबार राति गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । सो घटनामा तीन जना घाइते अवस्थामा फेला परेका छन् ।

अविरल वर्षाका कारण सो क्षेत्रमा पहिरो गएको र हाल राहत र उद्धार जारी रहेको जनाइएको छ ।

रुद्रप्रयागका अतिरिक्त जिल्ला मजिस्ट्रेट श्यामसिंह रानाले भन्नुभयो, “गए राति सोनप्रयाग नजिक राष्ट्रिय राजमार्गमा पहिरो खसेको थियो । पहिरोमा परी पाँच जना यात्रुको मृत्यु भएको छ भने तीन जनालाई राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएवफ)ले उद्धार गरेको छ ।” उहाँले यात्रुहरुलाई मौसमको अवस्थालाई ध्यान दिन आग्रह गर्नुभयो ।

उत्तराखण्ड प्रहरीका अनुसार केही यात्रुहरू पहिरोमा यात्रुहरु पहिरोमा पुरिएको जानकारी प्राप्त भएपछि प्रहरी, प्रशासन, राज्य विपद् प्रतिक्रिया बल र राष्ट्रिय प्रकोप प्रतिक्रिया बलहरूले संयुक्त अभियान सञ्चालन गरेका थिए ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक सञ्जालमार्फत उक्त दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । “सोनप्रयाग–मुंकटिया (रुद्रप्रयाग) बीचको भग्नावशेषमा केही यात्रु पुरिएको अत्यन्तै दुःखद् खबर प्राप्त भएको छ । स्थानीय प्रशासन, एनडीआरएफ र एसडीआरएफ टोली राहत र उद्धारमा संलग्न छन् । म सम्बन्धित अधिकारीसँग सम्पर्कमा रही उद्धारको अनुगमन गरिरहेको छु । यात्रुहरूको सुरक्षाका लागि म बाबा केदारसँग प्रार्थना गर्दछु”, मुख्यमन्त्री धामीको पोस्टमा उल्लेख गर्नुभयो ।