६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाइफ इन्स्योरेन्सको १०.५२ प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले आर्थिक वर्ष २०७५र७६ को लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई उक्त आवको नाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । उक्त प्रस्ताव मंसिर १० गते बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले राखेको हो ।

बैठकले १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद गरी सो मात्राको लाभांश सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको हो । सो प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने हुन्छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने जनाएको छ।

उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्ष २०७४/७५ को तुलनामा ६० प्रतिशत कम हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा सेयरधनीलाई ७० प्रतिशत लाभांश (३४.४६ प्रतिशत बोनस र ३५.५३ प्रतिशत नगद) वितरण गरेको थियो । 

हाल इन्स्योरेन्स को चुक्ता पुँजी २ अर्ब एक करोड रुपैयाँ रहेको छ । प्रस्तावित १० प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २१ करोड रुपैयाँ नाघ्ने छ ।