९ भाद्र २०८३, मंगलवार
,
Latest
हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाइफ इन्स्योरेन्सको १०.५२ प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले आर्थिक वर्ष २०७५र७६ को लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई उक्त आवको नाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । उक्त प्रस्ताव मंसिर १० गते बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले राखेको हो ।

बैठकले १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद गरी सो मात्राको लाभांश सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको हो । सो प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने हुन्छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने जनाएको छ।

उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्ष २०७४/७५ को तुलनामा ६० प्रतिशत कम हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा सेयरधनीलाई ७० प्रतिशत लाभांश (३४.४६ प्रतिशत बोनस र ३५.५३ प्रतिशत नगद) वितरण गरेको थियो । 

हाल इन्स्योरेन्स को चुक्ता पुँजी २ अर्ब एक करोड रुपैयाँ रहेको छ । प्रस्तावित १० प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २१ करोड रुपैयाँ नाघ्ने छ ।




भर्खरै