• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
Latest
★   भक्तपुरस्थित महेन्द्र शान्ति माविको भवन उद्घाटन ★   तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन ★   चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै ★   मेटमणिलाई कारबाही गर्न झलनाथको माग,भारतीय नागरिक बोलिरहेको कि नेपाली ? ★   राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आज सुरु हुँदै ★   प्रधानमन्त्री ओली आउने भएपछि इन्द्रजात्रा छल्न बालेन भारतमा ! ★   मनकामना केबलकार आजदेखि ‘डिजिटल’  प्रविधिमा ★   मालढुङ्गा–बेनी खण्ड मर्मत सुरु ★   आज इन्द्रजात्रा, कसरी मनाइन्छ यो पर्व ? ★   मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल

सामाजिक सद्भाव कायम राख्न जेष्ठ सदस्यको ठूलो योगदानः अध्यक्ष लिङ्देन



मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले आज यहाँ ज्येष्ठ सदस्यलाई सम्मान एवं पार्टी प्रवेशीलाई स्वागत कार्यक्रम आयोजना गरेको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले ८० बर्षभन्दा माथिका ज्येष्ठ सदस्यलाई सम्मान गर्दै समाजमा सामाजिक सदभाव कायम राख्न एवं जनताको भरोसा योग्य पार्टी बनाउन उहाँहरुको ठूलो योगदान रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मुलुकलाई समृद्ध बनाउन पार्टीले सङ्कल्प लिएको छ ।” अध्यक्ष लिङ्गदेनले पार्टीको मुख्य उद्देश्य देश र धर्म जोगाउनु रहेकाले पार्टीमा लाग्दा कोही कसैलाई कुनै पश्ताचाप नहुने विचार राख्नुभयो ।

उहाँले पार्टीलाई शक्तिशालीे बनाउन गाउँगाउँमा संगठन विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीका महामन्त्री प्रल्हादप्रसाद साह र मोरङ अध्यक्ष गोपाल कटुवालले आगामी निर्वाचनमा पार्टीको नेतृत्वमा सरकार गठन गर्न अहिलेदेखि जनताका ज्वलन्त समस्या उठान गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा एक सय ७५ पार्टीका ज्येष्ठ सदस्यलाई सम्मान एवं विभिन्न पार्टी परित्याग गरी आउनेलाई स्वागत गरिएको थियो ।