२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा अत्याधिक माग भएको नेपाली तयारी पोशाकलाई एनटीपीपी समावेश गर्न सरकारले पहल गर्नुपर्छ: अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा अत्याधिक माग भएका नेपाली तयारी पोशाकलाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम थप गर्न सरकारले पहल गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा उद्योग वाणिज्य महासंघद्वारा आयोजित नेपाल–अमेरिकामा व्यापारका सम्भावना र चुनौती विषय कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो ।

उहाँले अमेरिकाले नेपाललाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम ९एनटीपीपी०मा समावेश ७७ वस्तुमा तयारी पोशाक लगायत अमेरिकामा अत्याधिक माग भएका वस्तु थप गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अमेरिकाले नेपाललाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम (एनटीपीपी) अन्तर्गत विभिन्न ७७ प्रकारका नेपाली वस्तु अमेरिका निर्यात गर्दा शुन्य भन्सार महशुल सुविधा प्रदान गर्दै आएको बताउनु भयो । उहाँले उक्त सूचिमा रहेका वस्तुहरु सोच जस्तो नेपालबाट अमेरिका निर्यात गर्न नसकेकाले निर्यातको लागि बढी सम्भवना भएका तयारी पोसाक लगायतका थप वस्तुहरु (एनटीपीपी) समावेश गर्नको लागि सरकारले निजी क्षेत्रको सहकार्यमा पहल गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले नेपाल र अमेरिकाबीच व्यापारमा चूनौतिहरु रहेको बताउँदै एनटीपीपीबाट नेपालले उच्च प्रतिफल लिन नसकेको दाबी गर्नुभयो । उहाँले (एनटीपीपी) को म्याद २०२५ डिसेम्बरमा सकिन लागेको भन्दै म्याद थपको लागि पहल गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले अल्पविकसित बाट विकासोन्मुख मुलुकमा २०२६ मा स्तरोन्नति हुँदा नेपाललाई हुने फाइदा र बेफाइदाका विषयमा छलफल गर्न आवश्यक देखिएको धारणा राख्नुभयो । उहाँले नेपालबाट निर्यात हुने वस्तु गलैँचा पहिलो नम्बरमा रहेको भन्दै नेपाली तयारी पोशाकमा ७७ प्रतिशतबाट खुम्चिएर १४ प्रतिशतमा झरेको बताउनु भयो । उहाँले नेपाली तयारी पोशाकको माग अमेरिकामा दिनप्रतिदिन बढी रहेको पनि दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘नेपाल अमेरिकाको दोस्रो कि ट्रेडर पाटर्नरको रुपमा रहेको छ । अमेरिकाले नेपाललाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम (एनटीपीपी) अन्तर्गत विभिन्न ७७ प्रकारका नेपाली वस्तु अमेरिका निर्यात गर्दा शुन्य भन्सार महशुल सुविधा प्रदान गरेको छ । उक्त सूचिमा रहेका वस्तुहरु सोच जस्तो नेपालबाट अमेरिका निर्यात गर्न नसकेकाले निर्यातको लागि बढी सम्भवना भएका तयारी पोशाक लगायतका थप वस्तुहरु (एनटीपीपी) समावेश गर्नको लागि सरकारले निजी क्षेत्रको सहकार्यमा पहल गर्नु जरुरी छ । नेपाल र अमेरिकाबीच व्यापारमा चुनौतीहरु छन् । (एनटीपीपी)बाट नेपालले उच्च प्रतिफल लिन नसकेको देखिन्छ । (एनटीपीपी) को म्याद २०२५ डिसेम्बरमा सकिँदै छ । म्याद बढाएर ७७ वस्तुको सूचिलाई पुनरावलोकन गरी अमेरिकामा अत्याधिक माग भएका थप नेपाली वस्तुहरुलाई समावेश गर्नुपर्ने देखिन्छ । अल्पविकसितबाट विकासउन्मुख मुलुकमा २०२६ मा स्तरउन्नती हुँदा नेपाललाई हुने फाइदा र बेफाइदाका विषयमा छलफल गर्न आवश्यक छ । नेपालबाट निर्यात हुने वस्तु गलैँचा पहिलो नम्बरमा छ । तयारी पोशाकमा ७७ प्रतिशतबाट खुम्चिएर १४ प्रतिशतमा झरेको छ । नेपाली तयारी पोशाकको माग अमेरिकामा दिनप्रतिदिन बढ्दो छ ।’

उहाँले निजी क्षेत्रका मुद्दाहरुमा सहजिकरण गरी व्यवसायिक गतिविधिमा वृद्धि हुने बताउनु भयो । उहाँले सरकारले विदेशमा नेपाली उत्पादन निर्यात गर्दा निर्यातकर्ताहरुले फाइदा लिन्छ भन्ने परम्परागत हिसावको सरकारको सोच परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय गतिशिल रुपमा निजी क्षेत्रले काम गर्ने वातावरण मुलुकभित्र नभएको भन्दै सरकारले लगानीको वातारण बनाउन जरुरी रहेको बताउनु भयो ।