१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित

जनताका अपेक्षा अनुसार काम गर्न नसक्नुको कारण आदर्श राजनीतिमा आएको ह्रास: राष्ट्रपति पौडेल

जनताका अपेक्षा अनुसार काम गर्न नसक्नुको कारण आदर्श राजनीतिमा आएको ह्रास: राष्ट्रपति पौडेल
अ अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक राजनीतिक उपलब्धि हाँसिल गरेर पनि अझै हामीले जनताका अपेक्षा अनुसार काम गर्न नसक्नु आदर्श राजनीतिमा आएको ह्रासका कारण भएको बताउनुभएको छ ।

बीपी ट्रस्टद्वारा सोमवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो– ‘ऐतिहासिक र गर्व गर्न लायक राजनीतिक उपलब्धि हाँसिल गरेर पनि अझै हामीले जनताले अपेक्षा गरेअनुसार काम गर्न नसक्नुमा आदर्श राजनीतिमा आएको ह्रास हो भन्ने मलाई लागिरहेको छ । सत्ता जनताको सेवा गर्ने राजनीतिक साधन हो साध्य होइन । तर कतै हामीले सत्तालाई साध्य मानेर आदर्श राजनीतिलाई टाढा राख्दा यस्तो भएको हो कि भन्ने पनि चिन्ता लागिरहेको छ ।’

उहाँले सत्ता जनताको सेवा गर्ने राजनीतिक साधन मात्र भएको भन्दै तर कतै हामीले सत्तालाई साध्य मानेर आदर्श राजनीतिलाई टाढा राख्दा यस्तो भएको हो कि भन्ने आफूलाई चिन्ता लागिरहेको बताउनुभयो । उहाँले सिद्धान्तमा सम्झौंता गरेको भए बीपी सायद जीवनकालभर सत्तामा रहिरहन सक्ने बताउदै वीपीले सत्ता होइन देश र जनताको हितका निम्ति सिद्धान्तप्रतिको निष्ठालाई कहिल्यै डगमगिन नदिएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो–‘सिद्धान्तप्रतिको सम्पूर्ण निष्ठा, नैतिक मूल्य, मान्यतासहितको आदर्श राजनीति तथा देश र जनताप्रतिको समर्पण बीपीका विशेषता हुन् जुन हाम्रा लागि सँधै प्रेरणाका
रुपमा रहिरहनेछ ।’

राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै मुलुकलाई आर्थिकरूपमा समृद्ध बनाउन बीपीले अघि सार्नुभएको कल्याणकारी राज्यको अवधारणा सिद्धान्त, मूल्य मान्यता र उच्च नैतिक आर्दश राजनीति आज पनि उत्तिकै सान्दर्भिक रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो –‘उत्पादनमा बृद्धि, प्राथमिकता निर्धारणसहितको न्यायोचित वितरण र सामाजिक न्यायमा आधारित लोकतान्त्रिक समाजवादको सिद्धान्तको माध्यमबाटै १५ बर्षभित्रै सबै नेपाली परिवारलाई मध्यम वर्गीय हैसियतको बनाउन सकिने बीपीको व्यवहारिक र स्पष्ट ठोस दृष्टिकोण थियो । बीपीको त्यो दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक छ भन्ने मलाई लाग्दछ ।’

उहाँले स्वतन्त्रतालाई मानिसको अविच्छिन्न अधिकारका रुपमा स्थापित गरेर सामाजिक न्यायका आधारमा लोकतान्त्रिक शासन प्रणालीको माध्यमबाट मुलुकको आर्थिक र सामाजिक विकास गर्नुपर्छ भन्ने बीपीको दृढ मान्यता रहेको स्मरण गर्दै भन्नुभयो–‘राष्ट्रिय एकता र मेलमिलापबाटै मुलुकसामु देखापर्ने समस्याको समाधान खोज्नुपर्छ भन्ने उहाँको धारणालाई विभिन्न कालखण्डको आवश्यकताअनुसार समयसापेक्ष रूपमा ग्रहण गर्दै आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि हाँसिल गर्न सफल भएका छौं ।’

कार्यक्रममा “जननायक बीपी कोइराला स्मृति ट्रस्ट“ (बीपी ट्रस्ट) द्वारा हरेक वर्ष प्रदान गरि साहित्य साधनामा आफ्नो जीवन अर्पण गर्नुभएका साहित्यकार कवि श्री द्वारिका श्रेष्ठलाई एक लाख एक हजार राशीको र बीपीको आदर्श, मूल्य, मान्यताप्रति समर्पित प्रजातन्त्रका सेनानी श्री भोजराज भण्डारीलाई एक लाख एकाउन्न हजार राशी प्रदान गरिएको थियो ।