२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–२० एसियन कप छनोटका लागि नेपाली टोली घोषणा



अ+ अ-

काठमाडौँ । एएफसी यू–२० एसियन कप फुटबलको छनोट खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले घरेलु मैदानमा साफ यू–२० च्याम्पियनसिप खेलेका टोलीमा ६ परिवर्तन गर्दै टोली घोषणा गरेका हुन् ।

जसअनुसार साफ यू–२० च्याम्पियनसिपको टिममा रहेका १७ खेलाडी यथावत रहँदा विशाल केसी, मदन पौडेल, निनसाङ लिम्बु, जनप्रकाश बम, हरिशराजन भट्ट, रोहन खड्गी बाहिरिएका छन् ।

उनीहरुको स्थानमा अमित टमाटा, निर्मल बल र दीपक थापा मगर, मिडफिल्डर प्रशान्त लक्सम तथा फरवार्ड धनसिंह विक र निमा वाङ्देल अटाएका छन् ।

नेपाल एएफसी यू–२० एसियन कप छनोटको समूह बी मा छ । यस समूहमा नेपालसहित उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडिया छन् ।

नेपालले पहिलो खेल कम्बोडियासँग सेप्टेम्बर २१ मा खेल्नेछ । यस्तै, चाइनिज ताइपेईसँग सेप्टेम्बर २३ मा, उज्वेकिसत्नसँग सेप्टेम्बर २५ र बहराइनसँग सेप्टेम्बर २७ मा खेल्ने तालिका छ ।

नेपाली टोलीः

गोलकिपरः अमित टमाटा, जियारत सेख, क्रिशल मोक्तान

डिफेण्डरः आयुष तिम्सिना, अस्वीन घोरासैनी, विक्रम तामाङ, निर्मल बल, राम थापा, सविन घिमेरे, सीमान्त थापा, दीपक थापा मगर

मिडफिल्डरः अविनाश स्याङ्तान, कुशल देउवा, लक्ष थापा, सरोज दर्लामी, प्रशान्त लक्सम

फरवार्डः अनिल बम्जन, धन सिंह विक, धर्बेन्द्र कुँवर, निमा वाङ्देल तामाङ, निरज कार्की, समीर तामाङ, निराजन धामी