२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक

सचिवालय बैठकमा प्रस्ताव पेसपछि अध्यक्षद्वय ओली र दाहाल बीचमा संवाद टुट्यो

सचिवालय बैठकमा प्रस्ताव पेसपछि अध्यक्षद्वय ओली र दाहाल बीचमा संवाद टुट्यो
अ अ+ अ-

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चर्किँदै गइरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा संवाद टुटेको छ । गत ३ मंसिरको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीमाथि गम्भीर आरोप लगाउँदै अध्यक्ष दाहालले प्रस्ताव पेस गरेपछि संवाद टुटेको हो । त्यसभन्दा अघि विभिन्न विषयमा छलफल हुँदै आएको भए पनि ३ मंसिरको सचिवालय बैठकयता अध्यक्षद्वय ओली र दाहालका बीचमा संवाद भएको छैन । हरेक समस्या आउँदा दुई अध्यक्षबीच संवादमार्फत समस्या समाधानको पहल हुने गरेको थियो तर अहिले उनीहरूबीच संवाद टुटेपछि समस्याहरू पनि थाती रहेको निकटस्थहरूले बताएका छन् । ओली पक्षले दाहालले प्रस्तुत गरेको प्रतिवेदनलाई अराजनीतिक प्रतिवेदनको संज्ञा दिँदै आएका छन् ।

नेकपाभित्रको शक्ति संघर्षले पार्टी एकता निकै कमजोर बन्न पुगेको छ । नेकपा स्रोतका अनुसार अध्यक्षद्वयका बीचमा बढ्दै गइरहेको दुरीका कारण पार्टी फुट्ने हो कि भन्ने चिन्ताले आम कार्यकर्ताहरू निराश बन्न पुगेका छन् । ओली पक्षका नेताहरूले भने प्रधानमन्त्रीका कारण पार्टी नफुट्ने तर अराजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेहरूले पार्टी फुटाउन सक्ने सम्भावनालाई भने नकार्न नसक्ने बताउँदै आएका छन् । दाहाल पक्ष नेताहरूले पनि प्रधानमन्त्रीले पार्टीको निर्णय कार्यान्वयन नगरेकाले समस्या आएको बताउँदै आएका छन् । पार्टीमा विवाद बढ्दै गइरहेको अवस्थामा दुवै पक्ष आ–आफ्नै रणनीतिअनुसार अगाडि बढ्न खोज्नुले पार्टीको अवस्था झन् ‘खतरा’तर्फ अघि बढिरहेको चित्रण गर्न थालिएको छ ।

‘पहिला पार्टीमा विवाद हुँदा अध्यक्षद्वयले छलफल गरेरै समाधान निकाल्ने र अगाडि बढ्ने काम हुन्थ्यो,’ नेकपा स्रोतले भन्यो, ‘अहिले त अध्यक्षद्वयका बीचमा संवाद नै टुटेको छ । दुवै पक्ष आ–आफ्नै रणनीतिअनुसार अगाडि बढ्न खोज्नुले पार्टी गम्भीर समस्यामा फसेको स्पष्ट हुन्छ ।’ गत २८ कात्तिकको सचिवालय बैठकमा अध्यक्ष दाहालले पेस गरेको दस्तावेजका कारण दुई अध्यक्षबीचको सम्बन्ध अत्यधिक चिसिएको हो । दस्तावेजमार्फत अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीमाथि संगिन आरोप लगाएका थिए । अध्यक्ष ओलीले भने दाहालले पेस गरेको सो दस्तावेजलाई अभियोग पत्रका रूपमा चित्रण गर्दै आएका छन् । ओलीले १३ मंसिरमा बस्ने सचिवालय बैठकमा दाहालले लगाएको आरोपको खण्डनसहित जवाफ दिने भएका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली अहिले राजनीतिक प्रस्ताव तयारी गर्ने आन्तरिक गृहकार्यमा जुटेका छन् । आफूमाथि लागेको आरोप प्रमाणित गर्न यसअघि नै चेतावनी दिएका ओलीले दाहाललाई कडा जवाफ दिने तयारी गरेका छन् ।

‘आफूमाथि लागेको आरोप पुष्टि भए प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिने नभए आरोप लगाउने ९दाहाल०ले राजीनामा दिनुपर्ने’ अडानमा ओली रहेका छन् । गत निर्वाचनमा सहकार्य भएयता अहिलेसम्मका विभिन्न समयमा भएका निर्णय कार्यान्वयनलगायतका विषयमा गम्भीर समीक्षा गर्दै ओलीले दाहाललाई कडा जवाफ दिने तयारी भएको छ । यता अध्यक्ष दाहालले पेस गरेको प्रस्ताव प्रकाशन गरी तल्लो तहका कमिटी एवं नेताहरूलाई अध्ययनका लागि दिएको भन्दै ओली पक्षले दाहालमाथि पार्टी विभाजन गरेको आरोप लगाएको छ । तर, दाहाल पक्षले ओलीले समेत पेस गर्ने प्रस्तावलाई प्रकाशन गरी तल्लो तहका कमिटीका नेतालाई दिने र आउने निष्कर्षअनुसार अगाडि बढ्ने बताउँदै आएको छ ।

‘एकले अर्कोलाई गम्भीर आरोप लगाउने र एकले अर्कालाई पदच्यूत गर्ने रणनीति बनेपछि पार्टी एकता संकटमा परेको छ,’ नेकपा स्रोत भन्छ, ‘कुनै पक्ष पछाडि नहट्ने भएकाले १३ मंसिरको सचिवालय बैठक झन् डरलाग्दो हुनेछ ।’ यसैबीच प्रधानमन्त्री ओलीले बिहीबार राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेटेका छन् । पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीका बीचमा छलफल भएको छ ।

राष्ट्रपति भण्डारीले यसअघि नेकपाका अन्य शीर्ष नेतासँग भेटघाट गर्दै पार्टी एकताबारे चासो राखेकी छन् । पार्टी एकता कायम राख्दै विवाद समाधानमा भूमिका निर्वाह गर्न उनले नेताहरूलाई सुझाव दिँदै आएकी छन् । राजधानी दैनिक