१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको साझा न्यूनतम् कार्यक्रम तयार पार्न कार्यदल गठन



file:photo
अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले सरकारको साझा न्यूनतम साझा कार्यक्रम तयार पार्न कार्यदल गठन गरेका छन् ।

सरकार गठनको दुई महिना पुग्न लाग्दा पनि साझा न्यूनतम् कार्यक्रमसम्म ल्याउन नसकेपछि आलोचना हुँदै आएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको कांग्रेस र नेकपा एमालेका नेताहरुको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

कार्यदलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रकाशशरण महत छन् भने एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् ।

सरकारको न्यूनतम साझा कार्यक्रमबारे अरु सत्तारुढ दलहरुसँग पनि छलफल गर्ने निर्णय भएको छ ।

गत १७ असारमा भएको सहमति अनुसार ३० असारमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपनि न्यूनतम साझा कार्यक्रम बनाइएको थिएन ।