• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
Latest
★   चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै ★   मेटमणिलाई कारबाही गर्न झलनाथको माग,भारतीय नागरिक बोलिरहेको कि नेपाली ? ★   राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आज सुरु हुँदै ★   प्रधानमन्त्री ओली आउने भएपछि इन्द्रजात्रा छल्न बालेन भारतमा ! ★   मनकामना केबलकार आजदेखि ‘डिजिटल’  प्रविधिमा ★   मालढुङ्गा–बेनी खण्ड मर्मत सुरु ★   आज इन्द्रजात्रा, कसरी मनाइन्छ यो पर्व ? ★   मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल ★   पर्वले मेलमिलाप, भ्रातृत्व र सद्भाव बढाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव ★   आज वास्तु दिवस एवं विश्वकर्मा पूजा

सरकारको साझा न्यूनतम् कार्यक्रम तयार पार्न कार्यदल गठन



file:photo

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले सरकारको साझा न्यूनतम साझा कार्यक्रम तयार पार्न कार्यदल गठन गरेका छन् ।

सरकार गठनको दुई महिना पुग्न लाग्दा पनि साझा न्यूनतम् कार्यक्रमसम्म ल्याउन नसकेपछि आलोचना हुँदै आएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको कांग्रेस र नेकपा एमालेका नेताहरुको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

कार्यदलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रकाशशरण महत छन् भने एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् ।

सरकारको न्यूनतम साझा कार्यक्रमबारे अरु सत्तारुढ दलहरुसँग पनि छलफल गर्ने निर्णय भएको छ ।

गत १७ असारमा भएको सहमति अनुसार ३० असारमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपनि न्यूनतम साझा कार्यक्रम बनाइएको थिएन ।