२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक

राष्ट्रपति सिको के सन्देश लिएर नेपाल आउँदैछन् चिनियाँ रक्षामन्त्री ?

राष्ट्रपति सिको के सन्देश लिएर नेपाल आउँदैछन् चिनियाँ रक्षामन्त्री ?
अ अ+ अ-

काठमाडौं । नेपालमा यतिखेर कूटनीतिक सम्बन्धको दायारा बढेको देखिएको छ । नेपाल सरकारले सुन्तुलन गर्न नसक्दा कूटनीतिक रुपमा भारतको आइसोलेसनमा परेको ठानिएकोमा पछिल्लो समयमा नेपाल भारतबीचको कूटनीतिक सम्वादको ढाको खुलेको छ । यो समाचार तयार पार्दासम्म भारतका विदेश सचिव नै नेपालको भ्रमणमा छन् । उनले नेपालका आफ्ना समकक्षीबाट शुरु गरेको कूटनीतिक वार्ताको शृंखला प्रधानमन्त्रीसम्मै पुगेको छ र यो सकारात्मक पनि रहेको भनिएको छ । यसअघि नेपालमा भ्रमणमा भारतका दुई सुरक्षा अधिकारी, रअका प्रमुख र सेनाअध्यक्ष आएका थिए । ती अधिकारीहरुको भ्रमणलाई कूटनीतिक भन्न नमिल्ने भन्दै प्रधानमन्त्रीकै आलोचना भएकोमा अहिले भने भारतकै विदेश सचिव यहाँ आइपुगेका छन् । जसलाई भारतीय प्रधानमन्त्रीको विशेष दूतका रुपमा पनि लिन सकिन्छ र यसै हैसियतमा उनले प्रधानमन्त्री ओलीसँग वार्ता पनि गरेका छन् । 

यसरी दक्षिणतर्फको नेपालको लामो ‘ग्याप’ पछि कूटनीतिक मौनता तोडिएसँगै यता उत्तरी छिमेकी मुलुकबाट पनि नेपालमा भ्रमणको शृंखला शुरु भएको छ । चीनबाट तत्कालका लागि चिनियाँ रक्षामन्त्री  वेई फेङहे आगामी आइतबार नेपाल भ्रमणमा आउँदैछन् । उनी चीनको मन्त्रिस्तरका पाहुना भएकोले यसमा त कूटनीतिक हैसियतको लेप नलगाइने कुरै भएन । यसका कारण पनि नेपालमा पछिल्लो समय परराष्ट्र सम्बन्ध सुधारका केही सकारात्मक लक्षणहरु देखिएको विश्लेषकहरु बताउँछन् । जानकारहरु भन्छन्– नेपालको परराष्ट्र सम्बन्धको कुरा गर्दा नेपालको सम्बन्धको पचास प्रतिशत नेपालका दुई छिमेकी देश हुन् भने अरु विश्व पचास प्रतिशत । त्यसैले नेपालले यी दुई छिमेकीलाई मात्र सन्तुलन गर्न सक्यो भने देशको विदेश नीति सफल हुनेछ, देशले पनि फाइला लिनेछ । 

उत्तरी छिमेकी मुलुक पछिल्लो आर्थिक सम्पन्न देश हो । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रका रुपमा स्थापित हुन खोजेको छिमेकी आर्थिक समृद्धिको सागर नै भएकोले हामीले त्यहाँबाट कति पानी अउभाउन सक्छौँ भन्ने कुरा त हामीमै निर्भर रहन्छ । चीनका रक्षामन्त्रीले खासगरी चिनियाँ राष्ट्रपतिकै सन्देश बोकेर आउनेछन् । उनले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री ओलीसँग वार्ता गर्नेछन् । संयोगबस यतिखेर रक्षामन्त्रीको कार्यभारमा पनि प्रधानमन्त्री नै छन् । जसका कारण पनि उनीसँगको वार्ताको विशेष महत्व रहने छ । 

रक्षामन्त्री वेई फेङहे चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष दूतका रुपमा काठमाडौं आउँदै छन् । चिनियाँ रक्षामन्त्री राष्ट्रपति सी चिनफिङको सन्देश लिएर आइतवार विशेष जहाजबाट काठमाडौंमा उत्रिने तालिका छ । परराष्ट्र मन्त्रालय र चिनियाँ राजदूतावासले रक्षामन्त्री फेङ्हेको नेपाल भ्रमणको तयारी छुट्टाछुट्टै गरिरहेका छन् र यो भ्रमण राजनीतिक भ्रमण हुने पनि बताइएको छ ।

खासमा दुई दशकभन्दा लामो समयपछि भएको चिनियाँ राष्ट्रपति सि चिनफिङको भ्रमणका बेला भएका सहमति तथा सम्झौताबमोजिमको काम यहाँ हुन सकेको छैन । नेपाल सरकारले  विआरआइ परियोजनादेखि लिएर अरु पनि चीनसँग हुने भनिएका आयोजनाहरुको प्रगति केही अघि बढाएको छैन । अर्कातर्फ नेपालले हस्ताक्षर गरेको विआरआइ आयोजनाको कार्यान्वयनका लागि गरेको सम्झौतापछि त्यस विषयमा खासै प्रगति हुन सकेको छैन भने उता अमेरिकी परियोजना एमसिसिका बारेमा भने नेपालमा व्यापक मात्रामा चर्चा हुने गरेको छ । यसप्रति विगतदेखि नै चिनियाँ पक्षको चासो रही आएको छ । यस विषयमा पनि रक्षामन्त्रीले वार्तामा कुरा उठाउने स्रोतले जनाएको छ । 

पछिल्लो समय नेकपाभित्रको आन्तरिक विवाद चरम सीमामा पुगेको छ । यस सयममा यी चिनियाँ उच्च अधिकारीले राष्ट्रपतिको सन्देश लिएर सिको दूतकै रुपमा आउन लागेकोले पनि यसलाई बडो चासोका साथ हेरिएको छ ।