५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सामा चर्को आवाजका डिजे र लाउड स्पिकरमा रोक



अ+ अ-

वीरगञ्ज । पर्सा प्रशासनले जिल्लाभित्र हुने विभिन्न राजनैतिक तथा धार्मिक–सांस्कृतिक कार्यक्रममा मानव स्वास्थ्यलाई असर पर्ने गरी चर्को आवाजमा ‘डिजे स्पिकर’, ‘लाउड स्पिकर’ बजाउनको लागि रोक लगाएको छ ।

प्रशासनले अत्यधिक चर्को स्वरमा बजाइने डिजे र लाउड स्पिकरलगायतले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पारेको भन्दै नियन्त्रण गर्न लागेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको भदौ २१ गते बसेको बैठकले सांस्कृतिक कार्यक्रम, चार्डपर्व, धार्मिक र्‍याली, जुलुस, सम्मेलन, बैठक वा प्रचार प्रसारात्मक क्रियाकलाप गर्दा मानव स्वास्थ्यलाई नै असर पर्ने गरी डिजे, स्पिकर, लाउड स्पिकर ठूलो स्वरले बजाउने, आतिसवाजीहरू गर्ने जस्ता गतिविधिलाई नियन्त्रण गर्ने निर्णय गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पर्सामा चर्को आवाज र आतिसवाजी गर्ने जस्ता गतिविधि गर्नेलाई नियन्त्रणमा लिएर कारवाही गरिने बताउनुभएको छ ।

उहाँले सो सूचनाको बर्खिलाप हुने गरी त्यस्ता कार्यहरु गरेमा कानुन बमोजिम कारवाही हुने बताउनुभयो । रासस