५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाडपर्व लक्षित सडक दुर्घटना न्यूनीकरणमा जोड



अ+ अ-

काठमाडौँ । दसैँ, तिहारजस्ता चाडपर्वमा हुनसक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जोड दिएको छ । चाडपर्वका समयमा काठमाडौँबाट बाहिरिने यात्रुको घुइँचो अत्यधिक हुने र उक्त समयमा दुर्घटनाको जोखिम पनि उच्च हुने भएकाले त्यसको नियन्त्रण गर्न मन्त्रालयले अग्रसरता लिएको हो ।

आज मन्त्रालयमा आयोजित सरोकार भएका निकायबीचको छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चाडपर्व सुरु हुनुअघि सडकका खाल्डाखुल्टी तत्काल पुरिसक्न निर्देशन दिनुभयो । जोखिम रहेका स्थानमा सडक सुरक्षाका पूर्वाधार निर्माण र मर्मत गर्न निर्देशन दिदै उहाँले सवारी नियम उल्लङ्घन नियन्त्रण, दुर्घटना भएकाको उद्धार र अस्पतालसम्म पुर्याउने व्यवस्थाका लागि नेपाल प्रहरीलाई पनि तयारी अवस्थामा रहन आग्रह गर्नुभयो ।

सडक सुरक्षाको दीर्घकालीन व्यवस्थापनका लागि नीतिगत र कानुनी व्यवस्था गर्न मन्त्रालयले अगुवाइ लिने भन्दै यातायातमन्त्री दाहालले सडक सुरक्षा परिषद्लाई क्रियाशील र प्रभावकारी बनाइने बताउनुभयो । सुरक्षित सडक, चुस्त सवारीसाधन, दक्ष चालक र सचेत यात्रु भएमा मात्र सडक सुरक्षा कायम गर्न सकिने भन्दै उहाँले यसका लागि तीनै तहका सरकार र सम्बद्ध निकायबीच सहकार्यको खाँचो रहेकामा जोड दिनुभयो ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले चाडपर्व नजिक आइरहेकाले सडक तथा सवारी सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो । लामो दूरीका सवारीसाधनमा अनिवार्य दुई जना चालक राख्ने, सवारी नियमको पालना गर्ने जस्ता कार्यलाई प्रभावकारी कार्यान्वयन गराउन उहाँले जोड दिनुभयो ।

कार्यक्रममा सडक सुरक्षाका विज्ञ डा पार्थमणि पराजुली, सरोजकुमार प्रधानलगायतले सडक सुरक्षा परिषद्लाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा नेपाल प्रहरी, स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, सडक विभाग, सडक बोर्ड, यातायात व्यवस्था विभागलगायत विभिन्न निकायका अधिकारीले सडक सुरक्षाका लागि भइरहेका प्रयास र योजनाबारेमा प्रकाश पार्नुभएको थियो ।