२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ वर्षीया बालिकालाई यौन दुव्र्यवहार कसुरमा तीन महिना जेल



सांकेतिक तस्बिर
अ+ अ-

गाईघाट । जिल्ला अदालत उदयपुरले १३ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको कसुरमा एक किशोरलाई बिहीबार तीन महिनाको जेल सजायसहित रु १० हजार जरिवाना गर्ने फैसला गरेको छ । बालिकालाई यौन दुव्र्यवहार गरेको कसुरमा तीन महिना जेल सजाय पाउने कसुरदार किशोर जिल्लाकै लिम्चुङबुङ गाउँपालिका–२ ताम्लीछाका १८ वर्षीय अभिषेक खत्री रहेको जिल्ला अदालत उदयपुरका स्रेस्तेदार धनबहादुर कार्कीले बताउनुभयो ।

खत्रीले गत वैशाख ३० गते स्थानीय १३ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेका थिए । पीडित बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिएपछि खत्रीलाई जेठ ८ गते पक्राउ गरेर अनुसन्धान शुरु गरिएको थियो । थुनछेक बहसमा अदालतले खत्रीलाई धरौटीमा छाडेको अदालतले बताएको छ ।

बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले खत्रीलाई बालिकालाई यौन दुव्र्यवहार गरेको कसुर ठहर गर्दै तीन महिना जेल र रु १० हजार जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार कार्कीले बताउनुभयो ।