१९ श्रावण २०८३, मंगलवार
,
Latest
ज्यान जोखिममा परेका दुई महिलाको सफल हवाई उद्धार अर्थमन्त्री स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका सिइयोसँग छलफल गर्दै जलवायु नीति संशोधनमा युवाको प्रत्यक्ष सहभागिता र छुट्टै वित्तीय कोषको माग मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो हटाइयो, दुईतर्फी यातायात सञ्चालन सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना सिजन मिडियाद्वारा ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ आयोजना हुने मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, एकतर्फी आवागमन अवरुद्ध राजनीतिक बिटका पत्रकारसँग शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले अन्तरक्रिया गर्दै सरकारको प्राथमिकता अन्यत्रै, राज्य आतंकको अवस्था सिर्जना भयो : विष्णु रिजाल युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारले दिए बर्तौलालाई धन्यवाद



अ+ अ-

काठमाडौँ । द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारले नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलालाई धन्यवाद दिएका छन् ।

आज पीडित सुरक्षाकर्मी परिवारहरुको संस्था द्वन्द्व पीडित सुरक्षाकर्मी परिवार संस्थाको अध्यक्ष हेमकुमारी घर्तीको नेतृत्वमा पदाधिकारीहरुले टिआरसी विधेयक पास गराउन तथा विधेयकमा पीडितहरको मागलाई सम्बोधन गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेकोमा सिंहदरबारस्थित बर्तौलाको कार्यालयमै पुगेर धन्यवाद दिएका हुन् ।

धन्यवाद दिँदै पीडित सुरक्षाकर्मी परिवारले सरकारले २०६३ सालमा भएको विस्तृत शान्ति सम्झौतापछि सरकारले दिने भनेको अन्तरिम राहत रकम रु. १० लाखमध्ये आफूहरुले रु. २ लाख ५० हजार मात्रै पाएको र रु. ७ लाख ५० हजार पाउन बाँकि रहेको पनि ध्यानाकर्षण गराएका थिए ।