२३ चैत्र २०८१, शनिबार
April 5, 2025 Saturday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 1.03

Humidity: 18

तपाईं के खोज्दै हुनुहुन्छ ?

द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारले दिए बर्तौलालाई धन्यवाद



अ+ अ-

काठमाडौँ । द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारले नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलालाई धन्यवाद दिएका छन् ।

आज पीडित सुरक्षाकर्मी परिवारहरुको संस्था द्वन्द्व पीडित सुरक्षाकर्मी परिवार संस्थाको अध्यक्ष हेमकुमारी घर्तीको नेतृत्वमा पदाधिकारीहरुले टिआरसी विधेयक पास गराउन तथा विधेयकमा पीडितहरको मागलाई सम्बोधन गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेकोमा सिंहदरबारस्थित बर्तौलाको कार्यालयमै पुगेर धन्यवाद दिएका हुन् ।

धन्यवाद दिँदै पीडित सुरक्षाकर्मी परिवारले सरकारले २०६३ सालमा भएको विस्तृत शान्ति सम्झौतापछि सरकारले दिने भनेको अन्तरिम राहत रकम रु. १० लाखमध्ये आफूहरुले रु. २ लाख ५० हजार मात्रै पाएको र रु. ७ लाख ५० हजार पाउन बाँकि रहेको पनि ध्यानाकर्षण गराएका थिए ।