२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर भत्काउँदैनौँ – बालेन



Mayor Balen Shah
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर नभत्किने बताएका छन् ।

आज सामाजिक सञ्जालमा लेख्दै उनले भत्काउनै परे सरकारले मुआब्जा दिनुपर्ने उल्लेख गरेका छन् ।

सरकारलाई नियम परिवर्तनका लागि दबाब दिन आग्रहसहित खोलाको मापदण्ड र कानून आफैले बनाउने अनि भएका कानून र फैसलालाई कार्यान्वयन गर्दा दोष महानगरलाई दिने ? भन्दै उनले प्रश्न गरेका छन् ।

काठमाडौँ उपत्यकाको बागमती र यसका सहायक नदी किनारमा थप २० मिटरभित्र संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलापछि महानगरले नयाँ संरचना नबनाउन महानगरले सूचना जारी गरेको थियो ।

यो विषयमा सरकारले अध्ययन गर्न कार्यदल बनाएको छ । सहरी विकास मन्त्रालयका सहसचिव पदमकुमार मैनाली नेतृत्वको कार्यदललाई भदौ २५ गतेभित्रै प्रतिवेदन बुझाउने गरी समयसीमा तोकिएको छ ।




भर्खरै