२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेन्या बार्सा दी एभरेस्टलाई नेपालको बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता



अ+ अ-

काठमाडौँ । बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल) का रूपमा परिचित पेन्या बार्सा दी एभरेस्टले स्पेनिस क्लब एफसी बार्सिलोना आधिकारिक पेन्या (समर्थक क्लब) को रूपमा आफ्नो दर्ता पूरा गरेको छ ।

सन् २०१३ मा स्थापना भएको एफसी बार्सिलोना समर्थक समूहले विगत एक दशकदेखि च्यारिटी कार्यक्रमहरू, फुटबल प्रतियोगिता र देशभरि विभिन्न सामाजिक सेवाका गतिविधिहरू गर्दै आइरहेको छ।

क्लबले राजधानीमा एक कार्यक्रम आयोजन गर्दै पूर्वनेपाली राष्ट्रिय फुटबल खेलाडी विक्रम लामाको साथमा आधिकारिक रूपमा पेन्या बार्सा दी एभरेस्टको नयाँ लोगो प्रस्तुत गरेको छ।

कार्यक्रममा १०० भन्दा बढी नेपाली बार्सिलोना समर्थक उपस्थित थिए। कार्यक्रममा हरि खड्का, गौरव बस्नेत र राष्ट्रिय महिला भलिबल खेलाडी उषा भण्डारीले पनि उपस्थिति जनाएका थिए।

सदस्यहरूलाई बार्सिलोनाबाट आएको मायाको चिनो सहित पेन्या बार्सा दी एभरेस्टका क्यापहरू प्रदान गरिएको थियो।

पेन्या बार्सा दी एभरेस्टलाई एफसी बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता दिइनुले नेपालका फुटबल समर्थकहरूका लागि एक महत्वपूर्ण उपलब्धि भएको क्लबको भनाइ छ।