१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु



अ+ अ-

चितवन । चितवनको भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार बिहान उनीहरुको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिएका हुन् । 

भरतपुर महानगरपालिका–१७ बस्ने ७७ वर्षीय पुरुषको विहान सवा पाँच बजे र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बस्ने ५७ वर्षीया महिलाको बिहान ६ बजे मृत्यु भएको पौडेलले जानकारी दिए ।

भरतपुर–१७ का वृद्ध मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएपछि ६ मंसिरमा कोभिड आइसियूमा राखेर उपचार गरिएको थियो । हेटौंडा–१० की ५७ वर्षीया महिलालाई मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएपछि बिहीबार नै कोभिड आइसियुमा राखेर उपचार थालिएको थियो ।