२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोदी खेलको संरक्षणमा जुट्दै थारू समुदाय



अ+ अ-

मध्यविन्दु, (नवलपरासी) । बर्दघाट सुस्तापूर्वका थारू समुदाय लोप हुन थालेको परम्परागत भोदी खेल संरक्षणमा जुटेका छन् । अनतपर्वका अवसरमा थारू समुदायले खेल्ने भोदी खेल संरक्षणका लागि थारू युवा समूहबीच प्रतियोगिता सञ्चालन गरिएको छ ।

नवलपरासीसहित तराई क्षेत्रका थारू समुदायले अनतपर्वलाई सहकालका देवता इन्द्रको पूजा गरी मनाउने गर्दछन् । अनतका अवसरमा इन्द्रलाई पूजा गरी खुसी बनाए वर्षा राम्रोसँग हुने र अन्नबाली राम्रो फल्ने जनविश्वासका आधारमा विभिन्न धार्मिककार्य गरिने थारू कल्याण कारिणीसभा नवलपुरका अध्यक्ष रामप्रसाद महतोले बताउनुभयो ।

“अनतका अवसरमा अन्नबालीलाई आवश्यक पानी पारिदिन इन्द्र भगवान्को उपासनासँगै भोदी खेल खेल्ने चलन जिल्लामा २०५२ सालदेखि सुरु गरिएको हो”, उहाँले भन्नुभयो, “लोप हुने अवस्थाको यस खेलको संरक्षण गर्दा थारूको कला, संस्कृति र परम्परासमेत उजागर भएको छ ।”

इन्द्रलाई खुसी बनाउन पिङ खेल्ने, भोदी खेल्ने परम्परा रहिआएको छ । भोदी खेल थारू समुदायको बाक्लो बस्ती भएको गाउँमा समूह बनाएर खेल्ने पुरानो परम्परा भए पनि पछिल्ला वर्षमा यो परम्परा हराउँदै गएको छ । थारू समुदायको पहिचान बोकेको विभिन्न चाडपर्वमध्ये अनन्त चतुर्दशी पर्वलाई पनि थारू समुदायले विशेष महत्वका साथ मनाउने गर्दछन् । यस पर्व ठाउँ र परिवेशअनुसार फरक तरिकाले मनाउने गरिएको अध्यक्ष महतोले बताउनुभयो ।

“भोदी खेलमा एक समूहमा १० जना हुने गर्छन्, भुइँमा नौवटा लट्ठी गाडेर राखिन्छ, पालैपालो हानेर लट्ठी निकाल्ने गरिन्छ, जुन समूहले सबै लट्ठी निकाल्न सक्छ त्यो समूह नै विजयी घोषित हुन्छ”, उहाँले भन्नुभयो ।

भोदी खेल धार्मिक र ऐतिहासिक महत्व बोकेको हुँदा थारू समुदायका अगुवाले यसको संरक्षणका लागि हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएका थारू महिला अगुवा ओमकुमारी महतोले बताउनुभयो । यसबाट नयाँ पुस्तालाई खेलको महत्व बुझाउन र सिकाउन सहज भएको उहाँले बताउनुभयो ।

“यहाँका थारूहरूले व्रत बसी पूजा गर्ने गर्छन्, यसै दिन व्रत बसेर लट्ठीले हानेर खेलिने मौलिक खेललाई नै भोदी खेल भनिन्छ”, उहाँले भन्नुभयो । भाद्र चतुर्दशीमा मनाइने अनतपर्व १८२५ सालदेखि मनाउन थालिएको बताइन्छ । तराई क्षेत्रका थारू समुदायले अनतपर्वलाई सहकालका देवता इन्द्रको पूजा गरी व्रत बसेर भोदी खेल्ने गर्दछन् । धार्मिक र ऐतिहासिक महत्व बोकेको यस खेलको महत्व नयाँ पुस्तालाई बुझाउन र सिकाउन थारू समुदायको बाहुल्यता रहेको गाउँहरूमा प्रत्येक वर्ष भोदी खेल प्रतियोगिता आयोजना गरिन्छ । रासस




भर्खरै