६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीद्वारा निजामती कर्मचारीलाई पुरस्कार प्रदान



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गर्नुभएको छ ।

सिंहदरबारमा आज २१औँ निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले २०औँ निजामती सेवा दिवसका अवसरमा घोषणा गरिएका कर्मचारीलाई पुरस्कार प्रदान गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले १० उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना निजामती सेवा पुरस्कार पाउने कर्मचारीलाई ताम्रपत्रसहित पुरस्कृत गर्नुभएको हो । उत्कृष्ट कर्मचारीमा थानेश्वर गौतम, बुद्धबहादुर गुरुङ, कविन्द नेपाल, मानबहादुर खड्का, रामप्रसाद लम्साल, ढुण्डीराज लामिछाने, चन्द्रप्रसाद मिश्र, सुनिलकुमार केसी, लक्ष्मीकृष्ण हमाल र शुभलक्ष्मी लामा हुनुहुन्छ । उक्त पुरस्कार रु एक लाख राशिको रहेको छ ।

प्रधानमन्त्री ओलीले निजामती सेवा पुरस्कार डा रोशनीलक्ष्मी तुईतुई, कुमार घिमिरे, सुकदेव लम्साल, रेविका अमात्य, राजकुमार केसी, होमनाथ भट्टराई, सङ्गीता स्वाँर, डा डमरुवल्लभ पौडेल, नारायणप्रसाद ज्ञवाली, चुडाराज सापकोटा, शोभा गिरी, नरबहादुर नेगी, मीन पौडेल, सुशीला ज्ञवाली, किशोर पन्थीलाई प्रदान गर्नुभयो ।

त्यस्तै नवराज तामाङ, सुजन जोजिजु, युक्तप्रसाद सुवेदी, मनिता न्यौपाने, शशिधर सेढाइँ, ठाकुरप्रसाद भट्टराई, मनोजकुमार महतो, राजु कटुवाल क्षेत्री, हुर्मत विक, देवकला अर्याल, उमेश भट्टराई, रामप्रकाश साह, दीपकराज पन्त, शान्ता महर्जन र जवाहरलाल अहिरलाई निजामती सेवा पुरस्कार प्रदान गरिएको छ ।
उक्त पुरस्कारको राशि रु ५० हजारको छ ।

पुरस्कार वितरण समारोहमा मुख्य सचिव एकनारायण अर्यालसहित उच्च पदस्थ कर्मचारीको सहभागिता थियो । सोही कार्यक्रम यस वर्षको उत्कृष्ट निजामती सेवा र निजामती सेवा पुरस्कार घोषणा गरिएको थियो । सरकारले हरेक वर्ष कर्मचारीलाई सर्वोकृष्ट, उत्कृष्ट र सेवा पुरस्कार प्रदान गर्दै आइरहेको छ ।