१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

बहुवर्षीय बाली खेती प्रणालीमा जुट्दै भोजपुरका किसान

बहुवर्षीय बाली खेती प्रणालीमा जुट्दै भोजपुरका किसान
अ अ+ अ-

भोजपुर । एक पटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने भएसँगै यहाँका किसान बहुवर्षीय खेती प्रणालीमा जुट्न थालेका छन् । अहिले किसान सुन्तला, कागती, एभोकाडो, ओखर, किवीलगायत बहुवर्षीय बालीको खेती विस्तारमा जुटेका हुन् ।

एक पटक विस्तार गरेर हुर्काएपछि दीर्घकालसम्म निरन्तर आम्दानी लिने खालका बाली विस्तारमा किसान आकर्षित भएका छन् । स्थानीय सरकारले पनि किसानलाई एभोकाडो, सुन्तला, कागती, किवी, ओखर कफीलगायत बहुवर्षीय बालीको खेतीका लागि प्रोत्साहनका कार्यक्रमसँगै अनुदान सहयोगसमेत गर्दै आएको छ ।

पौवादुङमा गाउँपालिकाले वडा नं १ श्मामशिलामा पकेट क्षेत्र निर्धारण गरेर बहुवर्षीय बाली किवीखेती विस्तार गरेर किसानलाई आवश्यक सहयोग गरिरहेको छ । गाउँपालिकाले पकेट क्षेत्र निर्धारण गरेर किवीखेतीमा लगानी बढाएपछि यहाँका करिब ३० घरपरिवारले व्यावसायिक रुपमा किवीखेती गर्दै आएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिनुभयो ।

त्यस्तै गाउँपालिकाले एभोकाडो, कफीलगायतको खेती विस्तारका लागि किसानलाई आवश्यक प्राविधिक सहयोगसँगै बिरुवासमेत वितरण गर्दै जनाएको छ । गाउँपालिकाले किसानको दिगो आयश्रोतको व्यवस्थापन गर्न बहुवर्षीय बाली विस्तारमा जोड दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । बहुवर्षीय फलफूलको विस्तारले दीर्घकालसम्म आम्दानी लिन सकिने उहाँको भनाइ छ ।

“किसानलाई बहुवर्षीय बालीको खेती विस्तारमा प्रोसाहित गर्दै आएका छौँ”, प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “बहुवर्षीय बालीबाट एक पटक विस्तार गरेपछि किसानले लामो समयसम्म आम्दानी लिन सक्छन् ।” गाउँपालिकाले यहाँको भूगोल सुहाउँदो फलफूल तथा तरकारीखेतीमा जोड दिएर योजनाबद्ध रुपमा लगानी गरिरहेको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । यहाँका छ वटै वडामा माटो सुहाउँदो खेती प्रणालीमा जोड दिएको उहाँको भनाइ छ ।

“किसानलाई प्रोत्साहन गर्न हामीले बहुवर्षीय बालीको खेतीमा जोड दिएका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “बहुवर्षीय बाली विस्तारले किसानले निरन्तर रुपमा आम्दानी लिन सक्नेछन्, अहिले हामीले योजनाबद्ध रुपमा काम अघि बढाएका छौँ, किसान यस्ता बालीको खेती विस्तारमा जुटेको अवस्था छ ।”

टेम्केमैयुङ गाउँपालिकाले पनि बहुवर्षीय बाली विस्तारमा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिनुभयो । गाउँपालिकाले सुन्तला, कागती, दाँते ओखर, किवीलगायत बालीको व्यावसायिक खेती विस्तारमा किसानलाई सहयोग गर्दै आएको उहाँको भनाइ छ ।

यहाँका नौ वटै वडाका तल्लो भेगमा सुन्तलाको राम्रो खेती हुने भएकाले सुन्तला पकेट कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । सुन्तला पकेट कार्यक्रम अन्तर्गत वडा नं २, ३ र ५ मा गत आर्थिक वर्षमा रु छ लाख बराबरको बिरुवा वितरण गरिएको उपाध्यक्ष राईले बताउनुभयो ।

“किसानको दिगो आम्दानीको स्रोतको विकास गर्न जुटेको छौँ”, उपाध्यक्ष राईले भन्नुभयो, “बहुवर्षीय बाली विस्तारले किसानले लामो समयसम्म आम्दानी लिन सक्छन्, विभिन्न बहुुवर्षीय बालीसँगै सुन्तलाखेतीका लागि पकेट क्षेत्र निर्धारण गरेर काम गरिरहेका छौँ ।” किसानलाई वडास्तरबाट पनि विभिन्न जातका बहुवर्षीय फलफूलखेतीका लागि प्रोत्साहनका कार्यक्रम सञ्चालन भइरहेको उहाँको भनाइ छ ।

साल्पासिलिछो गाउँपालिकाले किवी, सुन्तला, अलैँची, रुद्राक्ष एभोकाडो, ओखरलगायत विस्तारमा जोड दिएको प्रशासकीय अधिकृत अनिश काफ्लेले जानकारी दिनुभयो । वडा नं ५ मा ओखरको पकेट क्षेत्र बनाउने लक्ष्यका साथ काम अघि बढाएको उहाँको भनाइ छ ।

अरुण गाउँपालिकाले आँप, लिची, सुन्तला, कागती एभोकाडोलगायतको खेतीमा जोड दिएको कृषि शाखा प्रमुख रविन्द्र सापकोटाले जानकारी दिनुभयो । किसानको मागका आधारमा सुन्तला, लिची, एभोकाडो, किवीलगायत बहुवर्षीय खेतीमा किसानलाई प्रोत्साहन गर्दै आएको रामप्रसादराई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

यहाँको वडा नं ५ मानेभञ्याङमा एभोकाडो तथा वडा नं ४ दलगाउँमा एभोकाडो र लिची एवं वडा नं १ ओख्रेमा किवीखेती विस्तार गरिएको उहाँको भनाइ छ । वडा नं ६ बैकुण्ठेमा सुन्तला नर्सरी स्थापना गरेर किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गरिरहेको प्रशासकीय अधिकृत पोखरेलले जानकारी दिनुभयो । अन्य स्थानीय तहले पनि किसानलाई बहुवर्षीय खेती प्रणालीमा जोड्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । रासस