२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षित पर्यटनका लागि राज्यका तर्फबाट आवश्यक पहल हुन जरूरी छ: अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशैभरि सुरक्षित पर्यटन तथा सार्वजनिक स्थानको उचित संरक्षणका लागि राज्यका तर्फबाट आवश्यक पहल हुन जरूरी रहेको बताउनुभएको छ ।

ताप्लेजुङमा अवस्थित पाथीभरा देवी (मुक्कुमलुङ) जाँदै गरेको सवारीसाधनमा करेन्ट लाग्दा तीर्थालुहरूको निधन भएको घटनाले यस्तै पाठ सिकाएको उहाँको भनाइ छ । सामाजिक सञ्जालमार्फत अध्यक्ष दाहालले घटनामा तीर्थयात्री दुर्गा भट्टराई, आध्या आचार्य, सरिता पौडेल र विनोद पौडेलको मृत्यु भएको दुखद् घटनाले स्तब्ध भएको उल्लेख गर्नुभयो ।

उहाँले मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क गुणस्तरीय उपचारका लागि सरकारसमक्ष मागसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “देशैभरि सुरक्षित पर्यटन तथा सार्वजनिक स्थानहरूको उचित संरक्षणका लागि राज्यका तर्फबाट आवश्यक पहल हुन जरूरि छ भन्ने पाठ यो घटनाले सिकाएको छ, मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क गुणस्तरीय उपचारका लागि सरकारसमक्ष माग गर्दछु । रासस