• ३० भाद्र २०८१, आईतवार
  •      Sun Sep 15 2024
  •   Unicode
Logo
Latest
★   आर्सनलले टोटेनहमलाई हरायो ★   पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो ★   बालेन बैंगलोरमा, इन्द्रजात्रामा उपस्थित नहुने ★   काठमाडौं महानगरका प्रशासकीय अधिकृत प्रदीपको सरुवा, सरोजप्रसादलाई जिम्मेवारी सरुवा (सूचीसहित) ★   संसद्को वर्षे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस ★   मन्त्रिपरिषद्को बैठक: मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने ★   उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन घर जग्गा व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह ★   अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता ★   सरकार बनाउने र भत्काउने खेलमा माओवादी लाग्दैनः अध्यक्ष प्रचण्ड ★   आप नेता केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने

दल खोलेर एमालेसँग प्रतिस्पर्धा गर्न बालेनलाई एमाले नेता पोखरेलको चुनौति



काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले अहिले जबरजस्ती रुपमा केपी शर्मा ओलीलाई अनपपुलर भन्ने भाष्य निर्माण गर्न खोजिएको बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता प्रकारको भाष्यबाट सचेत हुनुपर्ने बताएका हुन् ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलक्षित गर्दै उनले भने, ‘अहिले जबरजस्तरुपमा भाष्य निर्माण गर्न खोजिँदैछ कि केपी ओली अनपपुलर भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । हामी त्यसो चाहँदैनौं । लोकतन्त्रमा सबै फूलहरु फुल्न पाउनुपर्छ, हाँस्न पाउनुपर्छ भन्ने कुरा हो ।’

नेता पोखरेलले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने र एउटा दलको विकल्प अर्को दल हुने बताए । उनले काठमाडौं महानगरपालिका प्रमुख शाहलाई स्वघोषित पपुलरको संज्ञा दिँदै दल खोलेर एमालेसँग प्रतिस्पर्धा गर्न आउन चुनौति दिए ।

‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । एउटा दलको विकल्प अर्को दल हुनसक्ला । अरु साथीहरु आफूलाई स्वघोषित पपुलर भन्नुभएको छ, उहाँहरुले नि गरेहुन्छ नि त । दल खोलेर हामीसँग प्रतिस्पर्धामा आए हुन्छ । त्यो प्रतिस्पर्धाबाट जनताबाट अब्बल साबित भयो भने, आवधिक निर्वाचन प्रणाली लोकतन्त्रको सुन्दरता हो, हामी तयार छौं,’– उनले भने ।

साथै, प्रधानमन्त्री ओलीले बालेनलाई सहयोग नै गर्न चाहेको बताए । बालेनभने ओलीविरुद्ध लगातार नेगेटिभ ढंगले प्रस्तुत भइरहेको उनको भनाइ छ । एमालेका कुनै पनि नेता, सांसदहरुले अपराध गर्छ भने उनीहरुलाई दण्डित गर्न कसैले नरोक्ने पनि उनले बताए । ‘ओलीजी र बालेन शाहको बीचमा कुनै त्यस्तो म देख्दिनँ । ओलीले उहाँलाई जहिले पनि हामी उहाँलाई सहयोग गर्छौं भन्ने हिसाबबाटै कुरा राख्नुभएको छ । तर, बालेनजी लगाताररुपमा नेगेटिभ ढंगबाट प्रस्तुत हुनुभएको छ । प्रदेश सांसद रेखाजीको कुरा छ । उजुरी परेर प्रहरीले पक्राउ गर्ने प्रक्रिया किन थालेन रु एमालेले कहाँ बाधा गर्छ रु’ उनले प्रश्न गरे ।

नेता पोखरेलले पहिलो पटक नेपालको इतिहासमा समृद्धि पनि हाम्रो राष्ट्रको एजेण्डा बन्छ भन्ने कुराको सुरुवात केपी ओलीबाट भएको दाबी गरे । उनले आजको दिनसम्म समृद्ध नेपालm खुसी नेपालीको सपना साकार पार्न ओली लागिरहेको दाबी गरे ।

साथै, गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमा प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि युवाहरुले व्यक्त गरेको आक्रोशलाई उनले जे मन लाग्यो त्यही मनपरी भएको बताए । जे मन लाग्यो त्यो बोल्नेलाई कुनै पनि कारबाही नगर्ने लोकतन्त्र हुन नसक्ने उनको भनाइ छ ।

‘पञ्चायतकालमा विरोध गर्नेहरुले कति वर्ष जेल बस्नुपरेको थियो रु अहिले त खुल्ला मञ्चको औपचारिक कार्यक्रममा प्रधानमन्त्रीको विरुद्धमा जे मन लाग्यो त्यो बोल्ने, जे मन लाग्यो त्यो बोल्नेलाई कुनै पनि कारबाही नगर्ने लोकतन्त्र हो रु’ उनले प्रश्न गरे ।

साथै, उनले एमाले–कांग्रेससहितको सरकारको मुल मुद्दा सुशासन र समृद्धि रहेको बताए । उनले जबरजस्ती रुपमा संविधान संशोधन नहुने पनि बताए । राष्ट्रिय सहमति गरेर नै संविधान संशोधनको प्रयास गरिने उनको भनाइ छ ।

‘हामीले जबरजस्ती रुपमा संविधान संशोधन गर्न चाहेको छैनौं । त्यसमा राष्ट्रिय सहमति गरेरै संविधान संशोधन हुन्छ । संविधान कुनै बाइबल, कुरान होईन, यो संशोधनीय दस्ताबेज हो । एउटा अवधिमा यसलाई संशोधन गरौं भन्दा विभिन्न भ्रम पाल्न जरुरी छैन,’– उनले भने ।

साथै, भूकम्पका कारण लडेका संरचनाहरु उठाउने काम एमालेले गरेको उनको दाबी छ । झापाको भ्यूव टावरलाई उनले ‘ट्रेड टावर’ को संज्ञा दिए । झापाको भ्यूव टावरले भोलिका दिनमा राम्रो सन्देश दिने बताए ।