१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

दल खोलेर एमालेसँग प्रतिस्पर्धा गर्न बालेनलाई एमाले नेता पोखरेलको चुनौति

दल खोलेर एमालेसँग प्रतिस्पर्धा गर्न बालेनलाई एमाले नेता पोखरेलको चुनौति
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले अहिले जबरजस्ती रुपमा केपी शर्मा ओलीलाई अनपपुलर भन्ने भाष्य निर्माण गर्न खोजिएको बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता प्रकारको भाष्यबाट सचेत हुनुपर्ने बताएका हुन् ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलक्षित गर्दै उनले भने, ‘अहिले जबरजस्तरुपमा भाष्य निर्माण गर्न खोजिँदैछ कि केपी ओली अनपपुलर भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । हामी त्यसो चाहँदैनौं । लोकतन्त्रमा सबै फूलहरु फुल्न पाउनुपर्छ, हाँस्न पाउनुपर्छ भन्ने कुरा हो ।’

नेता पोखरेलले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने र एउटा दलको विकल्प अर्को दल हुने बताए । उनले काठमाडौं महानगरपालिका प्रमुख शाहलाई स्वघोषित पपुलरको संज्ञा दिँदै दल खोलेर एमालेसँग प्रतिस्पर्धा गर्न आउन चुनौति दिए ।

‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । एउटा दलको विकल्प अर्को दल हुनसक्ला । अरु साथीहरु आफूलाई स्वघोषित पपुलर भन्नुभएको छ, उहाँहरुले नि गरेहुन्छ नि त । दल खोलेर हामीसँग प्रतिस्पर्धामा आए हुन्छ । त्यो प्रतिस्पर्धाबाट जनताबाट अब्बल साबित भयो भने, आवधिक निर्वाचन प्रणाली लोकतन्त्रको सुन्दरता हो, हामी तयार छौं,’– उनले भने ।

साथै, प्रधानमन्त्री ओलीले बालेनलाई सहयोग नै गर्न चाहेको बताए । बालेनभने ओलीविरुद्ध लगातार नेगेटिभ ढंगले प्रस्तुत भइरहेको उनको भनाइ छ । एमालेका कुनै पनि नेता, सांसदहरुले अपराध गर्छ भने उनीहरुलाई दण्डित गर्न कसैले नरोक्ने पनि उनले बताए । ‘ओलीजी र बालेन शाहको बीचमा कुनै त्यस्तो म देख्दिनँ । ओलीले उहाँलाई जहिले पनि हामी उहाँलाई सहयोग गर्छौं भन्ने हिसाबबाटै कुरा राख्नुभएको छ । तर, बालेनजी लगाताररुपमा नेगेटिभ ढंगबाट प्रस्तुत हुनुभएको छ । प्रदेश सांसद रेखाजीको कुरा छ । उजुरी परेर प्रहरीले पक्राउ गर्ने प्रक्रिया किन थालेन रु एमालेले कहाँ बाधा गर्छ रु’ उनले प्रश्न गरे ।

नेता पोखरेलले पहिलो पटक नेपालको इतिहासमा समृद्धि पनि हाम्रो राष्ट्रको एजेण्डा बन्छ भन्ने कुराको सुरुवात केपी ओलीबाट भएको दाबी गरे । उनले आजको दिनसम्म समृद्ध नेपालm खुसी नेपालीको सपना साकार पार्न ओली लागिरहेको दाबी गरे ।

साथै, गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमा प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि युवाहरुले व्यक्त गरेको आक्रोशलाई उनले जे मन लाग्यो त्यही मनपरी भएको बताए । जे मन लाग्यो त्यो बोल्नेलाई कुनै पनि कारबाही नगर्ने लोकतन्त्र हुन नसक्ने उनको भनाइ छ ।

‘पञ्चायतकालमा विरोध गर्नेहरुले कति वर्ष जेल बस्नुपरेको थियो रु अहिले त खुल्ला मञ्चको औपचारिक कार्यक्रममा प्रधानमन्त्रीको विरुद्धमा जे मन लाग्यो त्यो बोल्ने, जे मन लाग्यो त्यो बोल्नेलाई कुनै पनि कारबाही नगर्ने लोकतन्त्र हो रु’ उनले प्रश्न गरे ।

साथै, उनले एमाले–कांग्रेससहितको सरकारको मुल मुद्दा सुशासन र समृद्धि रहेको बताए । उनले जबरजस्ती रुपमा संविधान संशोधन नहुने पनि बताए । राष्ट्रिय सहमति गरेर नै संविधान संशोधनको प्रयास गरिने उनको भनाइ छ ।

‘हामीले जबरजस्ती रुपमा संविधान संशोधन गर्न चाहेको छैनौं । त्यसमा राष्ट्रिय सहमति गरेरै संविधान संशोधन हुन्छ । संविधान कुनै बाइबल, कुरान होईन, यो संशोधनीय दस्ताबेज हो । एउटा अवधिमा यसलाई संशोधन गरौं भन्दा विभिन्न भ्रम पाल्न जरुरी छैन,’– उनले भने ।

साथै, भूकम्पका कारण लडेका संरचनाहरु उठाउने काम एमालेले गरेको उनको दाबी छ । झापाको भ्यूव टावरलाई उनले ‘ट्रेड टावर’ को संज्ञा दिए । झापाको भ्यूव टावरले भोलिका दिनमा राम्रो सन्देश दिने बताए ।