२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र साउदी अरबबीचको श्रम सम्झौता पुनरावलोकन गर्छौं: प्रश्तावित राजदुत ढकाल



अ+ अ-

काठमाडौँ । साउदी अरबका लागि प्रश्तावित राजदुत नरेशविक्रम ढकालले आफू राजदुत नियुक्त भए नेपाल र आउदी अरबबिचको श्रम सम्झौता पुनरावलोकन गर्ने बताउनुभएको छ ।

बुधवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै साउदी अरबका लागि प्रश्तावित राजदुत ढकालले आफू नियुक्त भए नेपाल र साउदी अरबका बीचमा भएको सम्झौता पुनरावलोकन गर्ने बताउनुभएको हो ।

उहाँले त्यसका लागि मस्यौदा समेत तयार भइसकेको अवस्था रहेको भन्दै मस्यौदालाई अन्तिम रुप दिएर सम्झौता पुनरावलोकन गर्न भुमिका खेल्ने बताउनु भयो । उहाँले साउदी अरबमा रहेका ४ लाख नेपालीहरुले पुरानै स्केल अनुसार काम गरिरहनु परेको अवस्था रहेकाले बजारको नयाँ अवस्था अनुरुप श्रम सम्झौता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आफुले यस विषयलाई उच्च महत्व दिएको बताउनु भयो । त्यसैगरी नेपाल–साउदी अरबका बीचमा उच्चस्तरीय भ्रमण गराउने पनि उहाँको कार्ययोजना रहेको छ । दुतावासको भवन बनाउने, नेपाली कामदारहरुलाई जनचेतना जगाउने लगायतका काम पनि आफूले गर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘उच्चस्तरीय भ्रमण भएको छैन । साउदी अरबबाट मात्र होइन नेपालबाट पनि दोहोरो उच्चस्तरको भ्रमण गराउने मेरो पहिलो योजनामा राखेको छु । मेरो तर्फबाट मैले वार्ता, छलफल गर्ने र निमन्त्रणा आदान–प्रदान गर्ने काम गर्दछु । जसले गर्दा दुई देशको सम्बन्धले उचाई कायम गर्नेछ । हाम्रा ४ लाख नेपालीहरु हुनुहुन्छ । उहाँहरुका लागि लामो समयदेखि श्रम सम्झौतालाई पुनरावलोकन गर्नुपर्ने अवस्था छ । किनकी बजारको वर्क भ्यालु धेरै बढिसकेको छ । यद्यपी पुराना स्केलमा काम गर्नु परिरहेको छ । त्यसैले यो सम्झौतालाई मैले धेरै महत्वका साथ लिनेछु र त्यहाँ रहँदा साउदी अरबको सरकारसँग नेपाल सरकारसँग अनिवार्य रुपमा गर्नुपर्ने खालको, उच्च महत्व दिनुपर्ने छ । यसका लागि ड्राफ्टहरु तयार गरिएका पनि छन् । त्यसलाई फाइनल कसरी गर्न सकिन्छ रु त्यसमा मेरो भुमिका रहनेछ । साउदी सरकारले नेपाली दुतावास बनाउन जग्गा उपलब्ध गराउने भएको छ । त्यसकारण मेरो कार्यकालमा नेपाल सरकारको सहयोगमा दुतावास भवन स्थापना गर्ने योजनामा मेरो महत्वपूर्ण भुमिका रहनेछ र काम गर्नेछु ।’

प्रश्तावित राजदुत ढकालले दुतावासको आन्तरिक सेवा प्रवाहलाई सुदृढ गर्ने पनि बताउनु भयो । त्यसैगरी नेपालको पर्यटकिय क्षेत्रहरुको प्रचार–प्रसार, विकासमा लगानी वृद्धि, प्रवासी नेपालीहरुको समस्या रोकथाम, न्युनिकरण र समाधानका लागि काम गर्ने पनि उहाँले बताउनु भयो ।