• ३० भाद्र २०८१, आईतवार
  •      Sun Sep 15 2024
  •   Unicode
Logo
Latest
★   आर्सनलले टोटेनहमलाई हरायो ★   पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो ★   बालेन बैंगलोरमा, इन्द्रजात्रामा उपस्थित नहुने ★   काठमाडौं महानगरका प्रशासकीय अधिकृत प्रदीपको सरुवा, सरोजप्रसादलाई जिम्मेवारी सरुवा (सूचीसहित) ★   संसद्को वर्षे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस ★   मन्त्रिपरिषद्को बैठक: मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने ★   उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन घर जग्गा व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह ★   अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता ★   सरकार बनाउने र भत्काउने खेलमा माओवादी लाग्दैनः अध्यक्ष प्रचण्ड ★   आप नेता केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने

नेपाल र साउदी अरबबीचको श्रम सम्झौता पुनरावलोकन गर्छौं: प्रश्तावित राजदुत ढकाल



काठमाडौँ । साउदी अरबका लागि प्रश्तावित राजदुत नरेशविक्रम ढकालले आफू राजदुत नियुक्त भए नेपाल र आउदी अरबबिचको श्रम सम्झौता पुनरावलोकन गर्ने बताउनुभएको छ ।

बुधवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै साउदी अरबका लागि प्रश्तावित राजदुत ढकालले आफू नियुक्त भए नेपाल र साउदी अरबका बीचमा भएको सम्झौता पुनरावलोकन गर्ने बताउनुभएको हो ।

उहाँले त्यसका लागि मस्यौदा समेत तयार भइसकेको अवस्था रहेको भन्दै मस्यौदालाई अन्तिम रुप दिएर सम्झौता पुनरावलोकन गर्न भुमिका खेल्ने बताउनु भयो । उहाँले साउदी अरबमा रहेका ४ लाख नेपालीहरुले पुरानै स्केल अनुसार काम गरिरहनु परेको अवस्था रहेकाले बजारको नयाँ अवस्था अनुरुप श्रम सम्झौता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आफुले यस विषयलाई उच्च महत्व दिएको बताउनु भयो । त्यसैगरी नेपाल–साउदी अरबका बीचमा उच्चस्तरीय भ्रमण गराउने पनि उहाँको कार्ययोजना रहेको छ । दुतावासको भवन बनाउने, नेपाली कामदारहरुलाई जनचेतना जगाउने लगायतका काम पनि आफूले गर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘उच्चस्तरीय भ्रमण भएको छैन । साउदी अरबबाट मात्र होइन नेपालबाट पनि दोहोरो उच्चस्तरको भ्रमण गराउने मेरो पहिलो योजनामा राखेको छु । मेरो तर्फबाट मैले वार्ता, छलफल गर्ने र निमन्त्रणा आदान–प्रदान गर्ने काम गर्दछु । जसले गर्दा दुई देशको सम्बन्धले उचाई कायम गर्नेछ । हाम्रा ४ लाख नेपालीहरु हुनुहुन्छ । उहाँहरुका लागि लामो समयदेखि श्रम सम्झौतालाई पुनरावलोकन गर्नुपर्ने अवस्था छ । किनकी बजारको वर्क भ्यालु धेरै बढिसकेको छ । यद्यपी पुराना स्केलमा काम गर्नु परिरहेको छ । त्यसैले यो सम्झौतालाई मैले धेरै महत्वका साथ लिनेछु र त्यहाँ रहँदा साउदी अरबको सरकारसँग नेपाल सरकारसँग अनिवार्य रुपमा गर्नुपर्ने खालको, उच्च महत्व दिनुपर्ने छ । यसका लागि ड्राफ्टहरु तयार गरिएका पनि छन् । त्यसलाई फाइनल कसरी गर्न सकिन्छ रु त्यसमा मेरो भुमिका रहनेछ । साउदी सरकारले नेपाली दुतावास बनाउन जग्गा उपलब्ध गराउने भएको छ । त्यसकारण मेरो कार्यकालमा नेपाल सरकारको सहयोगमा दुतावास भवन स्थापना गर्ने योजनामा मेरो महत्वपूर्ण भुमिका रहनेछ र काम गर्नेछु ।’

प्रश्तावित राजदुत ढकालले दुतावासको आन्तरिक सेवा प्रवाहलाई सुदृढ गर्ने पनि बताउनु भयो । त्यसैगरी नेपालको पर्यटकिय क्षेत्रहरुको प्रचार–प्रसार, विकासमा लगानी वृद्धि, प्रवासी नेपालीहरुको समस्या रोकथाम, न्युनिकरण र समाधानका लागि काम गर्ने पनि उहाँले बताउनु भयो ।