२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा मानवीय कामहरुलाई व्यवस्थित बनाउनको लागि छुट्टै रेडक्रस कानून आवश्यक



अ+ अ-

काठमाडौँ । नेपालमा मानवीय कामहरुलाई व्यवस्थित बनाउनको लागि छुट्टै रेडक्रस कानून आवश्यक रहेको नेपाल रेडक्रस सोसाइटीले बताएको छ ।

बुधवार नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले यस्तो बताएको हो ।

मुलुकमा समयअनुसार फरक प्रकृतिका मानवीय संकटहरु देखापर्दै गएकाले समयानकुलको सेवा प्रदान गर्नेको लागि कानून आवश्यक रहेको बताउनु भयो । महामन्त्री श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीले कानूनको अभावमा पछिल्लो समय धेरै समस्याहरु भोग्दै आएको बताउनु भयो । उहाँले सबै रेडक्रसकर्मीहरुको चाहना रेडक्रस कानूनमार्फत रेडक्रसका कामहरुलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कानूनी रुपमा रेडक्रसका कामहरुलाई व्यवस्थित बनाउनसके मात्रै मानवीय सिद्धान्त र आधारभुत मान्यताहरु पूरा गर्न सकिने बताउनु भयो । उहाँले समुदायमा सहज रुपमा सेवा प्रवाह गर्न पनि रेडक्रस कानूनको अरिहार्य आवश्यक भएको दाबी गर्नुभयो । उहाँले नेपाल रेडक्रस सोसाइटीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा कमाएको खातीहरु र उपलब्धीहरु गर्दै आएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपाल रेडक्रस सोसाइटीले पछिल्लो समय भोग्दै आएका अनुभवहरु छन् । सबै रेडक्रसकर्मीहरुको चाहना रेडक्रस कानूनमार्फत रेडक्रसका कामहरुलाई व्यवस्थित गर्नुपर्छ । कानूनी रुपमा रेडक्रसका कामहरुलाई व्यवस्थित बनाउन सक्यौं भने मात्रै मानविय सिद्धान्त र आधारभुत मान्यताहरु पूरा गर्नसक्छौं । समुदायमा सहज रुपमा सेवा प्रवाह गर्न पनि रेडक्रस कानूनको अपरिहार्य आवश्यक छ । कानून बनाउने सन्तोषजनक प्रगति हुन सकेको छैन । स्थापना दिवसको अवसरमा रेडक्रसकर्मीहरुले रेडक्रस कानून आवश्यक रहेको सन्देश जारी गरेका छौं । सोसाइटीले सबैको सद्भावपूर्ण सहयोगको अपेक्षा राख्ने छ । नेपाल रेडक्रस सोसाइटीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा कमाएको खातीहरु र उपलब्धीहरु धेरै गरेको छ ।’

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले अहिलेको नेतृत्व कमिटी निर्वाचित भएर आएको भन्दै काम नगर्ने भन्ने विषयमा दुविधामा नरहन आग्रह गर्नुभयो । उहाँले अहिलेको कमिटी तदर्थ समिति नभई निर्वाचित भएर आएको भन्दै सबैले सम्मान गर्नुपर्ने बताउनु भयो ।

उहाँले सोसाइटीले समाजमा परिणाम देखिने गरी काम गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले समाजमा परिणाम देखिने गरी काम गरे मात्रै समाजले फाइदा पाउने बताउनु भयो । सोसाइटीले पछिल्लो एक वर्षमा बाढी,पहिरो र चट्याङ्का कारण समस्यामा परेका १५ सय ७९ परिवारलाई ५० लाख बराबरको नगद र गैरखाद्य राहत सामग्रीहरु वितरण गरिएको जनाएको छ ।