११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मेरो सरकार आएपछि आर्थिक क्रियाकलापमा उल्लेख्य सुधार भयो’



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकार बनेपछि मुलुकको आर्थिक क्रियाकलापमा उल्लेख्य सुधार भएको बताउनुभएको छ । 

शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो । 

उहाँले भन्नुभयो, ‘मेरो सरकार बनेपछि मुलुकको आर्थिक क्रियाकलापमा तीव्र विस्तार र सामाजिक क्रियाकलापमा समेत उल्लेख्य सुधार भएको छ ।’

यस्तै, संघीय संसदमा देखिएको गतिरोधको अन्त्य संवाद र सहमतिबाटै गर्ने पनि उहाँले बताउनुभयो । 

अहिले संसदमा देखिएको गतिरोध अन्त्यमा राजनीतिक दलहरूबीच संवाद र सहमतिबाट हुने जिकिर गर्नुभयो । 

यस्तै, प्रधानमन्त्री देउवाले आफ्नो सरकारले ६५ प्रतिशतलाई नागरिकलाई कोभिडविरुद्धको खोपका पूर्ण मात्रा र ७८ प्रतिशतलाई पहिलो मात्राको खोप दिएको बताउनुभयो ।