२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

राम्रो कानून निर्माणका लागि सरकारले यथेष्ट ध्यान दिन्छ: कानूनमन्त्री चौरसिया



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकारले राम्रो कानून बनोस् भन्नेकुरामा यथेष्ट ध्यान दिएको बताउनुभएको छ ।

बुधवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री चौरसियाले सो विधेयकले पनि कानून निर्माणका लागि संसदलाई अझ बढी अधिकार दिने व्यवस्था राखेको उल्लेख गर्नुभयो । पार्लियामेण्टलाई पनि अझ सशक्त ढंगले कानून बनाउन अधिकार दिने व्यवस्था सो विधेयकले गरेकाले कानून निर्माणको प्रक्रिया अझ बढी प्रभावकारी हुने उहाँको विश्वास थियो । मन्त्री चौरसियाले कानून निर्माणको कामलाई अझ पारदर्शी, व्यवस्थित र गुणस्तरीय बनाउने कुरामा सरकारले अन्तराष्ट्रिय प्रचलनलाई ध्यान दिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले कानून निर्माणको प्रक्रियालाई व्यवहारिक रुपमा नै अझ बलियो बनाउनका लागि विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सरकारले संसदमा ल्याएको दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो कानून बनाउने कुरालाई पारदर्शी बनाउने कुरा, व्यवस्थित बनाउने कुरा, गुणस्तरीय बनाउने कुरा र अझ कानून बनाउने कुरालाई व्यवहारिक बनाउने कुरा र अन्तराष्ट्रिय प्रचलनलाई पनि, सरोकारवालालाई समेत छलफल गरेर अझ राम्रो कानून बनोस्, पहिलो चोटी यो कानूनले सरकारलाई पनि बाधेको छ । पार्लियामेण्टलाई पनि अझ सशक्त ढंगले कानून बनाउन अधिकार दिने व्यवस्था गरेको छ । यसले कानून निर्माणको जुन प्रक्रिया छ । त्यसलाई अझ व्यवस्थित गर्नेछ भन्ने म आशा राख्दुछ ।’

मन्त्री चौरसियाले सरोकारवालाहरुको सुझावलाई कानून निर्माण प्रक्रियामा विशेष ध्यान सरकारले दिने पनि बताउनु भयो ।