३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राम्रो कानून निर्माणका लागि सरकारले यथेष्ट ध्यान दिन्छ: कानूनमन्त्री चौरसिया



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकारले राम्रो कानून बनोस् भन्नेकुरामा यथेष्ट ध्यान दिएको बताउनुभएको छ ।

बुधवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री चौरसियाले सो विधेयकले पनि कानून निर्माणका लागि संसदलाई अझ बढी अधिकार दिने व्यवस्था राखेको उल्लेख गर्नुभयो । पार्लियामेण्टलाई पनि अझ सशक्त ढंगले कानून बनाउन अधिकार दिने व्यवस्था सो विधेयकले गरेकाले कानून निर्माणको प्रक्रिया अझ बढी प्रभावकारी हुने उहाँको विश्वास थियो । मन्त्री चौरसियाले कानून निर्माणको कामलाई अझ पारदर्शी, व्यवस्थित र गुणस्तरीय बनाउने कुरामा सरकारले अन्तराष्ट्रिय प्रचलनलाई ध्यान दिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले कानून निर्माणको प्रक्रियालाई व्यवहारिक रुपमा नै अझ बलियो बनाउनका लागि विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सरकारले संसदमा ल्याएको दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो कानून बनाउने कुरालाई पारदर्शी बनाउने कुरा, व्यवस्थित बनाउने कुरा, गुणस्तरीय बनाउने कुरा र अझ कानून बनाउने कुरालाई व्यवहारिक बनाउने कुरा र अन्तराष्ट्रिय प्रचलनलाई पनि, सरोकारवालालाई समेत छलफल गरेर अझ राम्रो कानून बनोस्, पहिलो चोटी यो कानूनले सरकारलाई पनि बाधेको छ । पार्लियामेण्टलाई पनि अझ सशक्त ढंगले कानून बनाउन अधिकार दिने व्यवस्था गरेको छ । यसले कानून निर्माणको जुन प्रक्रिया छ । त्यसलाई अझ व्यवस्थित गर्नेछ भन्ने म आशा राख्दुछ ।’

मन्त्री चौरसियाले सरोकारवालाहरुको सुझावलाई कानून निर्माण प्रक्रियामा विशेष ध्यान सरकारले दिने पनि बताउनु भयो ।