२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०२५ को विश्व टेस्ट च्याम्पियनसिपको फाइनल लर्ड्समा हुने



अ+ अ-

एजेन्सी । लर्ड्सले सन् २०२५ मा पहिलो पटक विश्व टेस्ट च्याम्पियनसिप फाइनल खेलको आयोजना गर्ने भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मङ्गलबार घोषणा गरेको छ ।

विश्व टेस्ट च्याम्पियनसिप र्याङ्किङमा सर्वोच्च स्थानमा रहेका दुई टोलीबीच जुन ११ मा ‘क्रिकेटको घर’ मा फाइनल खेल हुनेछ ।

सन् २०२३ मा द ओभलमा भारतलाई हराएपछि अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियन बनेको थियो । न्युजिल्यान्डले सन् २०२१ मा साउथेम्प्टनमा भारतविरुद्ध प्रतियोगिताको पहिलो संस्करण जितेको थियो ।

सन् २०२३ मा सुरु भएको दुई वर्षको चक्रमा पाँच दिवसीय रातो–बल ढाँचामा उनीहरूको प्रदर्शनका आधारमा टेस्ट खेल्ने नौ देशको र्याङ्किङ गरिन्छ ।

भारत वर्तमान टेस्ट र्याङ्किङमा दोस्रो स्थानमा रहेको अस्ट्रेलियालाई पछि पार्दै शीर्ष स्थानमा छ । न्युजिल्यान्ड तेस्रो र इङ्ग्ल्यान्ड चौथो स्थानमा छन् ।

लर्ड्स फाइनल खेल्ने दुई मुलुकको पुष्टि जनवरी २८ मा गरिनेछ ।

“पहिलो पटक विश्व टेस्ट च्याम्पियनसिप फाइनल खेललाई लर्ड्समा ल्याउन आइसिसीसँग काम गर्न पाउँदा हामी खुशी छौँ”, उत्तरी लन्डनमा लर्ड्स रङ्गशालाको स्वामित्वमा रहेको मेरिलेबोन क्रिकेट क्लबका प्रमुख कार्यकारी एवं सचिव गाय लेभेन्डरले भन्नुभयो ।

“कुनै पनि प्रकारको फाइनल खेलको आयोजना गर्न पाउनु हाम्रा लागि ठूलो सौभाग्य हो तर हाम्रो सबैभन्दा मनपर्ने ढाँचा टेस्ट क्रिकेटमा दुई सर्वश्रेष्ठ पुरुष टोलीलाई स्वागत गर्नु अद्वितीय सम्मान हो”, उहाँले भन्नुभयो, “लर्ड्स टेस्टको एक सय ४० वर्षको इतिहासलाई जोड्दै यो बिर्सन नहुने अनुभव हुनेछ ।”




भर्खरै