५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोस्ट उडाउने हैन, म गलत हो भने मलाई समाउ सरकार – बालेन



Mayor Balen Shah
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो स्टाटस हटाइएको भन्दै आपत्ति जनाएका छन् ।

मेयर शाहले फेसबुक पोस्ट हटाइएको भन्दै सरकारलाई चुनौति दिँदै आफू गलत भए समात्न समेत चेतावनी दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन् –
पोस्ट उडाउने हैन, दोषी समाउ सरकार ।
म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।

मेयर शाहले फेसबुक पेजमा नेकपा (एमाले)लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटो सहितको स्ट्याटस राखेका थिए ।

एमाले सांसद शर्माले बालशोषण गरेको र उनलाई पक्राउ गर्नुपर्ने भन्दै बालेनले आइतबार स्ट्याटस राखेका थिए । जुन स्टाटस अहिले फेसबुकबाट हटेको छ । बालेनको सचिवालयले धेरै प्रयोगकर्ताले रिपोर्ट गरेपछि फेसबुकबाट उक्त पोस्ट हटेको बताएका थिए ।