२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोस्ट उडाउने हैन, म गलत हो भने मलाई समाउ सरकार – बालेन



Mayor Balen Shah
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो स्टाटस हटाइएको भन्दै आपत्ति जनाएका छन् ।

मेयर शाहले फेसबुक पोस्ट हटाइएको भन्दै सरकारलाई चुनौति दिँदै आफू गलत भए समात्न समेत चेतावनी दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन् –
पोस्ट उडाउने हैन, दोषी समाउ सरकार ।
म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।

मेयर शाहले फेसबुक पेजमा नेकपा (एमाले)लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटो सहितको स्ट्याटस राखेका थिए ।

एमाले सांसद शर्माले बालशोषण गरेको र उनलाई पक्राउ गर्नुपर्ने भन्दै बालेनले आइतबार स्ट्याटस राखेका थिए । जुन स्टाटस अहिले फेसबुकबाट हटेको छ । बालेनको सचिवालयले धेरै प्रयोगकर्ताले रिपोर्ट गरेपछि फेसबुकबाट उक्त पोस्ट हटेको बताएका थिए ।