४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्यालेस्टिनबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघबाट पारित, नेपाल तटस्थ बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा चौथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान सुनसान ‘रिहार’ धाम उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो देशभर मनसुनी वायुको प्रभाव कायम प्रधानमन्त्री ओली आज अमेरिका जाँदै, १० गते महासभालाई सम्बोधन बार्सिलोना मोनाकोसँग पराजित, आर्सनल र एटलान्टाको बराबरी
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसिसी परियोजनाको अनुगमनका लागि संसदीय समिति बनाउन घनश्याम भुसालको माग



अ+ अ-
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले एमसिसी परियोजनाको अनुगमनका लागि संसदीय समिति बनाउन माग गर्नुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले आफ्नो पार्टी तत्काल एमसिसी अनुगमनको लागि एउटा संसदीय समिति बनाउनुपर्ने पक्षमा रहेको बताउनु भयो । उहाँले एमसिसी परियोजना १२ बुँदे व्याख्यात्मक टिप्पणीअनुसार लागू भइरहेको छ वा छैन भनेर अनुगमन गरी नागरिकलाई जानकारी गराउनुपर्ने बताउनु भयो । उहाँले संसदले एमसिसी परियोजना सामरिक होइन र नेपालको कानूनअनुसार नै अघि बढ्छ भन्ने विश्वास जनतालाई दिन सक्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘एमसीसी र एसपीपीका बारेमा मैले लामो कुरा गर्दिन । अहिले पनि गर्नुपर्ने कुरा एउटा छ । धेरै जरुरी कुरा छ । संसदले त्यत्रो बहस गरेर, छलफल गरेर १२ बुँदे गर्‍यो । त्यो व्याख्यात्मक टिप्पणी गर्‍यो । खासगरी त्यसमा उठेका दुई प्रश्न थिए । हाम्रो संविधान माथि नै हावी हुन्छ की हुँदैन भन्ने लगायतका प्रश्न थिए । यो विवादका बीच पारित भएर आएको छ । अब के गर्ने भन्दा अब यो संसदले कम्तिमा आफ्नो संसदबाट पारित भएकाले विकास परियोजना भनिएको छ, जे भनिएको छ । यो सामरिक होइन, नेपालकै कानूनभित्र रहेर गर्छ । हामीले भनेको जस्तै गर्छ, यो १२ बुँदे अनुसार नै गर्छ भनेर जनतालाई आश्वस्त, विश्वस्त गराउनुपर्छ की पर्दैन?पार्टीहरुले । यो स्वयं संसदले पर्छ की पर्दैन । कि व्याख्यात्मक टिप्पणीका नाममा एउटा काम सकियो अब यसबाट छुट्टि पाइयो । भोलि यसमा विवाद हुन्छ । संसदमा भएका पार्टीहरु र पास गर्ने पार्टीहरु जिम्मेवार हुने हो की होइन, यदी हुने हो भने र जिम्मेवार छन् भने १२ बुँदे गर्दाको जिम्मेवारीपूर्वक गरेका हुन् र अहिले पनि जिम्मेवारी वहन गर्दछन्, त्यो कबुल गर्दछन् । त्यसकाप्रति इमान्दार छन् भने कम्तिमा यो एमसिसी माथि एउटा संसदीय अनुगमन समिति बनोस् । जसले जनतालाई यो कुरा बताओस् की त्यो व्याख्यात्मक टिप्पणीअनुसार लागू भइरहेको छ की छैन, त्यसमा के समस्या छन्, जनताले कमसे कम भएका, नभएका कुरा हल्लाका पछि लाग्नुपर्दैन ।’
महासचिव भुसालले एमसिसीलाई नेपालको बिरुद्ध नहुने गरी लैजानका लागि भरपर्दो माध्यम बनाउन आग्रह गर्नुभयो ।