४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुलामञ्चमा युवाहरुले विरोध जनाउनु शुभ संकेत होइन: अध्यक्ष लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गौरा पर्वको अवसरमा टुडिखेलमा आयोजित कार्यक्रममा युवाहरुले जनाएको विरोध शुभ संकेत नभएको बताउनुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले युवाहरुको विरोधलाई सरकारले सकारात्मक रुपमा लिनुपर्ने भन्दै सरकारले आक्रोश देखाउनु गलत भएको बताउनु भयो । उहाँले सरकारले विरोध गर्ने युवाहरुलाई पक्रेर दमन गर्न नसक्ने बताउनु भयो । उहाँले जनताले अहिलेको व्यवस्था र सरकारमा चित्त नबुझाएको कुरालाई मनन गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘एनसेल एउटा दुहुनो गाई छ केही वर्षका लागि । एनसेललाई किस्तावन्दीमा कर तिर्ने सुविधा दिइसक्यो । किन त्यस्तो हुन्छ होला ? किन यहाँ मात्रै व्यापारीहरु कर तिर्न अप्ठ्यारो मान्छन् ?किन यहाँ मात्रै ति व्यापारीहरु विवादमा पर्छन् । एक्जियाटा कम्पनीको व्यापार मलेसिया, कम्बोडिया लगायत थुप्रै देशमा छन् । तर त्यहाँ नेपालमा जस्तो कर सम्बन्धी विवाद आउँदैन । यहाँ मात्रै किन विवाद आउँछ ? अस्ति भर्खरै खुल्लामञ्चमा केही युवाहरुले विरोध जनाए । त्यसलाई सरकारले सकारात्मक रुपमा लिनुपर्ने । अथवा हामीले सुध्रिनुपर्ने थुप्रै कुराहरु रहेछन् भनेर त्यसलाई गम्भिरतापूर्वक लिनुपर्ने ठाउँमा त्यहाँ सरकारको तर्फबाट जुन किसिमको आक्रोश देखियो । पछिल्लो दिनमा जुन प्रकारका धरकपटका प्रयासहरु भए, म सरकारमा रहनुभएका सबैलाई भन्न चाहान्छु, सरकारको नेतृत्वलाई भन्न चाहन्छु, यो शुभ संकेत होइन । यसलाई तपाईले पक्रेर र कुनै मञ्चमा ठूलो स्वरले बोलेर दमन गरेर जान सक्नुहुन्न । यो जनताको आवाजलाई स्वीकार गर्नुस् कि अहिले जनताले सरकारको, अथवा अहिलेको व्यवस्थामा चित्त बुझाइराखेका छैनन् । र जनता विकल्प खोजिराखेका छन् भन्नेकुरालाई गम्भिरतापूर्वक लिनुस् र आफूलाई सच्याउनुस् । विगतका गलत क्रियाकलापहरु नदोहोर्‍याउनुस् ।’

उहाँले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।