• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

पश्चिम बङ्गाल विधानसभामा बलात्कार विरोधी विधेयक पारित



कोलकाता । मंगलबार पश्चिम बंगालको विधानसभामा बलात्कार विरोधी विधेयक पारित भएको छ । नयाँ कानुनअनुसार बलात्कारका घटनाको अनुसन्धान २१ दिनभित्र सक्नुपर्नेछ ।

यसबाहेक पीडित कोमामा गएमा वा मृत्यु भएमा दोषीलाई १० दिनभित्र फाँसी दिइनेछ । विधेयकलाई थप गभर्नरसमक्ष पठाइनेछ । उनको हस्ताक्षरपछि कानुन बन्नेछ ।

ममता बनर्जी सरकारले बलात्कार विरोधी विधेयकलाई ‘अपराजिता’ महिला तथा बालबालिका विधेयक (पश्चिम बंगाल फौजदारी कानून र संशोधन) विधेयक २०२४ नाम दिएको छ ।

प्रदेश सरकारले विधेयक पारित गर्न सेप्टेम्बर २ देखि दुई दिनका लागि प्रदेशसभाको विशेष अधिवेशन बोलाएको थियो । कानूनमन्त्री मलय घटकले संसदमा पेश गरेका थिए ।

कोलकाताको आरजी कार मेडिकल कलेज र अस्पतालमा अगस्ट ८–९ मा एक प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भएको थियो । यसपछि देशभरका चिकित्सक र राजनीतिक दलको विरोधपछि ममता बनर्जीले राज्यमा बलात्कार जस्ता अपराधका लागि कडा कानुन बनाउने बताएकी थिइन् । यसका लागि उनले प्रधानमन्त्रीलाई दुई पटक पत्र समेत लेखेकी थिइन् ।