१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु मैदानमै रियल म्याड्रिडको हार



अ+ अ-

म्याड्रिड । शनिबार ला लिगामा रियल म्याड्रिड घरेलु मैदानमै एलाभेससँग १-२ ले पराजित भएको छ । 

लुकास पेरेजुले पाँचौं मिनेटमा पेनाल्टीबाट गोल गर्दै एलाभेसलाई अग्रता दिलाएका थिए । रियलले पछिल्ला तीन खेलमा विपक्षी टिमलाई पेनाल्टीको अवसर दिएको यो पाँचौंपल्ट हो । गोलरक्षक थिबो कोटवाको भुलमा जोसेलुले एलाभेसका लागि दोस्रो गोल थपे ।

खेलको ८६औं मिनेटमा कासेमिरालेले रियलका तर्फबाट एक गोल फर्काए । जिनेदिन जिदानको टिम १७ अंकसाथ चौथो स्थानमा छ । एलाभस भने १३ अंकसहित नवौं स्थानमा उक्लिन सफल रह्यो ।