१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीकी २२ वर्षीया कोरोना संक्रमित युवतीको मृत्यु



अ+ अ-

महोत्तरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा महोत्तरीकी २२ वर्षीया कोरोना संक्रमित युवतीको मृत्यु भएको हो । उनको आज बिहान २ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । बर्दिबास–२ निवासी ती युवतीको सुत्केरी भएपछि उच्च रक्तचाप र पिसाबमा उच्च प्रोटिन देखिएपछि उनलाई जनकपुरस्थित जनकपुर सिटी अस्पतालले प्रतिष्ठानमा रिफर गरेको थियो ।

गत मंसिर २ गते उनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि सो दिन प्रतिष्ठानको कोभिड अस्पताल भर्ना गरिएको थियो ।

शवको व्यवस्थापन नियमअनुसार भइरहेको अस्पतालको भनाइ छ ।