४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय टिमकी कप्तानले मधेश युनाइटेडबाट एभरेष्ट भलिबल लिग खेल्ने



अ+ अ-

काठमाडौँ । भारतीय राष्ट्रिय भलिबल टोलीकी कप्तान एवं सेटर जिनी कोभात साजीले एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) खेल्ने भएकी छन् ।

मधेश युनाइटेडले आगामी असोजमा हुने ईडब्लुभिएलका लागि आफ्नो तेस्रो विदेशी खेलाडीको रूपमा भारतीय टोलीकी कप्तान साजीलाई अनुबन्ध गरेको हो ।

योसँगै मधेश युनाइटेडले ईडब्लुभिएलका तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । साथै, मधेश तीन विदेशी खेलाडी घोषणा गर्ने पहिलो टोली बनेको छ ।

मधेशले यसअघि नै काजकिस्तानकी आउटसाइड हिटर कालिनोभा यभजेनिया र ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनीलाई अनुबन्ध गरिसकेको छ ।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिग हुन लागेको हो ।

प्रतियोगिता आगामी असोज १४ देखि १९ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा कभर्डहलमा हुनेछ ।