१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं आइपुगे चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे



अ+ अ-

काठमाडौँ । चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे काठमाडौँ आइपुगेका छन् । एयर चाईनाको विमानमार्फत् त्रिभुवन विमानस्थल अवतरण गरेका वेई विभानस्थलबाट बालुवाटारस्थित चिनियाँ दूतावास जाने कार्यक्रम छ । नेपालको एकदिने औपचारिक भ्रमणका लागि २० सदस्यीय प्रतिनिधिमण्डलसहित वेई काठमाडौँ आएका हुन् । उनी चीनको पहिलो नम्बरका स्टेट काउन्सिलर एवम् रक्षामन्त्री हुन् ।

 वेइ बिमालस्थल बाट बालुवाटारस्थित चिनियाँ दूतावास पुग्नेछन् । दुतावासले आयोजना गर्ने दिवाभोजमा सहभागी भै सकेपछि उनी नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा संग औपचारिक वार्ताका लागि सैनिक मुख्यालय भद्रकाली पुग्नेछन् ।

प्रधानसेनापति थापा संगको छलफल पछि वेई प्रधानमन्त्री केपी ओली संग भेट गर्न वालुवाटार स्थित प्रधानमन्त्री निबास जाने र त्यस पछि राष्ट्रपति बिद्यादेबी भण्डारी संग भेट गर्न शितल निवास जाने कार्यक्रम रहेको छ । केहि घण्टाको नेपाल बसाई पछि वेई बंगलादेश तर्फ जानु हुने छ ।