२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

माछापुच्छ्रे बैंकको २२औँ वार्षिक साधारण सभा पुस २ गते हुने तय



अ+ अ-

काठमाडौँ ।  माछापुच्छ्रे बैंकको २२औँ वार्षिक साधारण सभा (एजीएम) पुस २ गते हुने तय भएको छ । यसअघि कात्तिक ६ गते तय भएपनि स्थगित गरिएको थियो । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे होटल पोखरा ग्राण्ड, पोखरामा साधारण सभा गर्ने निर्णय गरेको हो । सभा भिडियो कन्फ्रेन्स मार्फत गर्न लागिएको जनाएको छ  । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ३.३७ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसहित) र ७.०३ प्रतिशत बोनस शेयर पारित गर्ने कम्पनी सचिव टिका भट्टराईले जनाएका छन् । साधारण सभाबाट सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु चयन गर्नेछ ।

साथै साधारण सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्न/गाभिने (मर्जर गर्न वा प्राप्ति गर्न) तथा वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गर्नेछ । वार्षिक साधारण सभा प्रयोजनका लागि असोज २२ गते शेयर दाखिला खारेज बन्द (बुक क्लोज) गरिएको छ ।