• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
Latest
★   संविधान संशोधन दुई दलले मात्रै सम्भव छैन, इगो बिर्सिएर सबै दल एक ठाउँमा आउनुस्: पर्यटनमन्त्री… ★   कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत ★   चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण ★   आन्तरिक पर्यटकको रोजाइमा बराहताल र बुकीपाटन ★   सर्लाहीमा शैक्षिक रूपान्तरणका लागि ‘नानीसँगै हामी’ ★   धौलागिरि आइसफलतर्फ पर्यटकको आकर्षण बढ्दो ★   दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी ★   पूर्वमन्त्री शर्मालाई पितृशोक ★   रवि चलाख रहेछन्, त्यस्तो गर्छन् भन्ने मैले पत्याएकै थिइनँ: देउवा ★   दुई वर्षपछि पार्टी सभापति देउवा प्रधानमन्त्री हुनुहुन्छ: गगन थापा

दशौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल



काँक्रेविहार । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्नेमा जोड दिनुभएको छ ।

आज सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालाको अनुगमनपछि उहाँले भन्नुभयो, “१०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनुपर्छ, कुनै बहानामा पछि सार्न खोजियो भने हजारौँ खेलाडी र खेलप्रेमीका लागि घात हुनेछ ।”

उहाँले निर्माणको अन्तिम चरणमा रहेको रङ्गशाला पश्चिम नेपालको खेल क्षेत्रको केन्द्र बन्ने र खेलाडीको वृत्तिविकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । रङ्गशाला आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण भएको उल्लेख गर्दै अध्यक्ष दाहालले यसको अत्यधिक सदुपयोग गर्नुपर्ने बताउनुभयो । रङ्गशालामा विभिन्न राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने उहाँको भनाइ थियो ।

अनुगमनका क्रममा कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्वखेलकुदमन्त्री विमला केसी, कर्णाली खेलकुद परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्याललगायत पदाधिकारीको उपस्थिति थियो ।

फरक प्रसङ्गमा अध्यक्ष दाहालले पेरिस पारा–ओलम्पिकमा ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्धनलगायत खेल पदाधिकारीलाई बधाई दिनुभएको छ । रङ्गशाला अनुगमनपछि उहाँले यो ऐतिहासिक जीत नेपालको गौरवको विषय भएको बताउनुभयो । रासस