• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

सोमबार पहिलो घण्टामा नेप्से २००० विन्दु माथि पुगेर नयाँ रेकर्ड कायम



symbolic picture

काठमाडौं । सोमबार पनि नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ । हालसम्मकै उच्च विन्दु कायम गर्दै नेप्से २ हजार ४ दशमलव १९ पुगेको हो । कारोबारको एकघण्टाको अवधिमा १८९ ओटा कम्पनीको रू. २ अर्ब ६७ करोड ५९ लाख ८४ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।

साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ भने दोस्रोमा ग्रिन डेभलपमेण्ट बैंकको शेयर मूल्य ९ दशमलव ७० प्रतिशत वृद्धि भएको छ । कारोबारमा आएका १२ ओटा समूहको परिसूचक बढेसँगै नेप्से बढेको हो ।

१२ ओटा समूहमध्ये सबैभन्दा बढी ब्यापार समूहको परिसुचक ७ दशमलव ३३ प्रतिशत र दोस्रोमा बैंकिङ समूहको परिसुचक २ दशमलव ८७ प्रतिशत वृद्धि भएको छ । सर्वाधिक कारोबार नेपाल बङ्गलादेश बैंकको रू.१८ करोड ३१ लाख ६९ हजार बराबरको शेयर खरीदविक्री भएको हो । पछिल्लो समयमा अनलाइन कारोबार बढेसँगै नेप्से बढेको लगानीकर्ताहरु बताउँछन् ।