४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई उडान सुरक्षाका लागि पाइलट कर्तव्यनिष्ठ हुनुपर्छ: पर्यटनमन्त्री पाण्डे



अ+ अ-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले हवाई उडानमा पाइलट कर्तव्यनिष्ठ भए हवाई उडान सुरक्षित हुने बताउनुभएको छ ।

बिहीवार वायुसेवा सञ्चालक संघले हवाई सुरक्षा सम्बन्धि कार्यशाला गोष्ठिमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले हवाई उडान सुरक्षित बनाउनको लागि उडानमा खटिने सबै जनशक्तिले पाएको जिम्मेवारीमा कर्तव्यनिष्ठ हुन जरुरी रहेको बताउनु भयो । मन्त्री पाण्डेले हवाई उडान क्षेत्रका जनशक्तिहरु आत्मा अनुशासनमा रहन आवश्यक देखिएको धारणा राख्नुभयो । उहाँले पाइलट र इन्जिनियरले प्राप्त गरेको ड्युटीमा कतव्र्यनिष्ठ भएर काम गरे हवाई दुर्घटनामा कम हुने बताउनु भयो ।

उहाँले नेपालको आकाश र नेपालमा सञ्चालनमा रहेका एयरलाइन्सहरु सुरक्षित रहेका विश्वलाई सन्देश दिन जरुरी रहेको बताउनु भयो । उहाँले विदेशी पर्यटकहरुलाई नेपाली आकाश सुरक्षित रहेकाले ढुक्कले नेपालमा आउन आग्रह गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालका हेलिकप्टर र जहाजले दिने सेवामा कुनै प्रकारको डर र दुविधा हुँदैन भन्नेकुराको विश्वास दिलाउन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालको हवाई उडान क्षेत्रको सुरक्षामा प्रतिवद्धताका साथ काम गरिरहेको बताउनु भयो । उहाँले पछिल्ला दिनहरुमा हवाई सुरक्षाको चुनौतीहरु मुलुकका लागि ठूलो चुनौतिको कै विषय बनेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘नेपालको आकाश र नेपालमा सञ्चालनमा रहेका एयरलाइन्सहरु सुरक्षित छन् । विदेशी पर्यटकहरु ढुक्कले नेपालमा आउनुस् । नेपालका हेलिकप्टर र जहाजले दिने सेवामा दुविधा हुँदैन भन्ने कुराको विश्वास दिलाउने काम हामीले गर्छांै । अब नेपाल हवाई उडान क्षेत्रको सुरक्षामा प्रतिवद्धताका साथ लागेको छ भन्ने विश्वमा सन्देश पुर्‍याउन आवश्यक छ । नेपाल माथि प्रश्न गर्नुपर्दैन भन्ने वातावरण बनाउनु विदेशी एयरलाइन्सहरुले सहयोग पुर्‍याउनुपर्ने छ । पछिल्ला दिनहरुमा हवाई सुरक्षाको चुनौतीहरु मुलुकका लागि ठूलो चुनौतीको विषय हो । यो एयलाइन्सहरुले आम मानिसहरुलाई हवाई उडानमा सुरक्षा दिन्छौं र हवाई उडानका लागि नेपाली आकाश सुरक्षित छ भन्नेकुरामा प्रश्न गर्नुपर्दैन । भन्ने कुरालाई विश्वासमा दिन सक्नुपर्छ । हवाई उडान क्षेत्रका मुख्य गरेर जनशक्तिहरु आत्मा अनुशासनमा रहन्छौं भन्ने कुरा हो । पाइलट र इन्जिनियरले प्राप्त गरेको ड्युटी कति कर्तव्यनिष्ठ छ भन्ने कुरामा निर्भर हुन्छ । दायित्वलाई कर्तव्यनिष्ठ हुन जरुरी छ ।’

उहाँले हवाई दुई घटना सम्बन्धि हुने छानविनलाई पनि वास्तविकता खोज्न जरुरी रहेको बताउनु भयो । उहाँले विगतमा भएका हवाई दुर्घटनाको छानविन समितिले गरेका छानविनलाई समिक्षा आवश्यक रहेको बताउनु भयो । अहिलेसम्म हवाई दुर्घटनापछि बनेका छानविन समितिले दिएका प्रतिवेदन तथ्यपरक भए/नभएको विषयमा समिक्षा गर्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।