९ भाद्र २०८३, मंगलवार
,
Latest
हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलुको बीउ हाराहार भएपछि किसान चिन्तित



अ+ अ-

इलाम । यस वर्ष हिउँदको समयमा रोप्ने आलुको बीउ हाराहार भएपछि किसान चिन्तित देखिएका छन् । कोरोनाले भारतबाट आलु नआएपछि व्यवसायीले गाउँ पसेर नै आलु किन्नुपर्दा अहिले बीउसमेत नभएको हो । गएका वर्षहरुमा आलु नबिक्दा प्रशस्त मात्रामा आलुको बीउ रहन्थ्यो तर यस वर्ष भाउ आएसँगै आलु बिकेकाले बीउ आलु सङ्कट भएको हो ।

“राम्रो भाउ आएकाले आलु बेचियो तर अब हिउँदमा रोप्ने आलु छैन”, सन्दकपुर गाउँपालिकास्थित माईमझुवाका किसान गङ्गा गुरुङले भन्नुभयो, “गएका वर्षहरुमा हिउँदमा रोप्ने घरमै हुन्थ्यो तर यसपटक भने कहाँबाट बीउ ल्याएर रोप्ने समस्या भएको छ ।” गुरुङका अनुसार यस वर्ष विगतमा भन्दा आलु उत्पादन बढेको थियो ।

गत साल किसानले प्रतिमन रु एक हजारमा आलु बेच्नुपथ्र्यो तर यसपटक प्रतिमन रु तीन हजारमा आलु बिक्यो । किसानले माघदेखि फागुनको मध्यसम्ममा हिउँदे आलु रोप्ने गर्छन् । उत्पादनका हिसाबले पनि अन्य यामको भन्दा उल्लेखनीय मात्रामा यो याममा आलु फल्छ । पहाडी क्षेत्रमा मुख्य सब्जीका रूपमा आलु प्रयोग हुन्छ । यो यामको आलुलाई धेरै गोडमेल र सिँचाइ पनि गर्नु नपर्नाले किसानले प्रशस्त मात्रामा हिउँदे आलु रोप्ने गरेका थिए ।

गएको वर्ष २० मन हिउँदे आलु लगाएका माईजोगमाई गाउँपालिकाका अन्नप्रसाद राई यसपटक नगन्य मात्रामा बीउ रहेको बताउनुहुन्छ । “घरमै आएर व्यवसायीले धेरै मूल्य दिने भनेपछि सबै बेचिहालियो, अब रोप्ने बीउ नै छैन”, राईले भन्नुभयो, “हिउँदे आलु नरोपी बर्खे मात्र रोपौँ कि भन्ने सोच्दैछु ।” किसानले फागुन–चैतमा रोप्ने हिउँदे आलु जेठको अन्तिम असार मध्यसम्ममा उत्पादन हुन्छ । आलुको उत्पादन उठाएर अन्य खेती गर्न सकिने भएकाले पनि किसाले प्रायः हिउँदे आलुको खेती गर्छन् । 




भर्खरै