४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसका जिल्ला कमिटी उपाध्यक्ष र सचिव एमालेमा फर्किए



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादी काठमाडौं जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापा र सचिव ध्रुवराज न्यौपानेलगायतका नेता–कार्यकर्ता नेकपा एमालेमा नै फर्कनु भएको छ ।

हिजो सो पार्टी परित्याग गर्नुभएका नेताहरू आज पुरानै पार्टी नेकपा एमालेमा फर्कनु भएको हो । एमाले फर्कनु भएका नेता रुललाई नेकपा एमाले वाग्मती प्रदेश इञ्चार्ज राजन भट्टराई, काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेललगायतका नेताहरूले पार्टीमा स्वागत गर्नुभयो । सो पार्टीका एक सय बढी नेता कार्यकर्ता नेकपा एमालेमा फर्कनु भएको एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका भट्टराईले जानकारी दिनुभयो ।

एकीकृत समाजवादीमा पदाधिकारी र पोलिटब्युरो सदस्य चइन भइरहँदा काठमाडौं अधिकांश नेताहरूले सो पार्टी परित्यागको घोषणा गर्नुभएको थियो । एकीकृत समाजवादी पार्टीले विद्रोहको औचित्य पुष्टि गर्न नसकेकोले आफूहरू पुरानै पार्टीमा फर्किएको उहाँहरूले बताउनुभयो ।